१६ चैत्र २०८० शुक्रबार
राजनीति

संविधान कार्यान्वयनकालागि प्रमुख दल मिल्नुको विकल्प छैनः सिंह

काठमाडौं–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयन गर्न सबै दल मिल्नुको विकल्प नभएको बताएका छन्। उनले प्रमुख राजनीतिक दलको सहमति विना संविधान कार्यान्वयन र तीन तहको निर्वाचन असंभव हुने भन्दै सबै पार्टी दलगत स्वार्थभन्दा माथि उठेर मुलुकका मुद्दामा एकजुट हुनुपर्ने बताए।

शनिबार सामुदायिक सेवा केन्द्र बानेश्वरले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेता सिंहले संविधान कार्यान्वयन गर्न तीन तहको निर्वाचन आवश्यक रहेको भन्दै त्यसकालागि प्रमुख दल एक ठाउँमा आउनुपर्ने बताएका हुन्।

‘अहलिेसम्म जति राजनीतिक परिवर्तन भएका छन ती सबै प्रमुख दलको सहकार्यमा भएका हुन,’ उनले भने,‘मुलुकका विद्यमान समस्या समाधान गर्न पनि सबै पार्टी दलगत स्वार्थभन्दा माथि उठेर समस्या समाधान गर्न एकजुट हुनुपर्छ।’ उनले ०७४ माघभित्र तीन तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै त्यसकालागि असन्तुष्ट पक्षको मागलाई  सम्बोधन गर्नुपर्ने बताए।

 

प्रकाशित: १३ कार्तिक २०७३ ०३:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App