१६ चैत्र २०८० शुक्रबार
राजनीति

भारतीय राष्ट्रपति अाउँदा विदा दिने निर्णयबारे चीन पुगेका भट्टराईले के भने?

नयाँ शक्ति संयोजक डा.भट्टराई। तस्विरः उत्तमबाबु श्रेष्ठ

काठमाडौं— नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराई यतिबेला चीनको भ्रमणमा छन्। २१ औं शताब्दीको सामुन्द्रिक सिल्क रोड प्रदर्शनीमा सहभागी हुन यतिबेला उनी अाज ग्वान्जाओमा छन्।

विदेशी पाहुनाको सत्कार हुनुपर्छ। तर विदा गरेर/काम छोडेर/देशलाई अरूकंगाल पारेर/भिक्षापात्र थापेर हाम्रा सच्चा मित्रहरू खुशी हुनुहोला र?सोचौं है!'

बिहीबार सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा सार्वजनिक विदा दिने निर्णय गर्‍यो। सरकारले चिनियाँ राष्ट्रपति आउँदा पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो। सो निर्णयप्रति सर्वसाधारणले आक्रोस पोखे। चीनको नाम सन्तुलन बनाइराख्न जाेडे पनि सरकारले भारतको भजन गाउँन निर्णय गरेको भन्दै सरकारी निर्णयको कडा आलोचना भयो। दाहाल सरकारले चिनियाँ राष्ट्रपति सि जिङपिङलाई नेपाल आउन रोकेर सार्वजनिक विदाको घोषणा गरेको समेत टिप्पणी भए।

सरकारी निर्णयप्रति चौतर्फी भएको आलोचनाबारे भट्टराई इन्टरनेट माध्यमबाट अपडेट भए। सामाजिक सञ्जालमा सक्रिय उनले प्रतिक्रिया लेखिहाले, 'विदेशी पाहुनाको सत्कार हुनुपर्छ। तर विदा गरेर/काम छोडेर/देशलाई अरूकंगाल पारेर/भिक्षापात्र थापेर हाम्रा सच्चा मित्रहरू खुशी हुनुहोला र?सोचौं है!'

विदेशीपाहुनाको सत्कार हुनुपर्छ!तर विदा गरेर/काम छोडेर/देशलाई अरूकंगाल पारेर/भिक्षापात्र थापेर हाम्रा सच्चामित्रहरू खुशी हुनुहोला र?सोचौं है!

— Baburam Bhattarai (@brb1954) October 27, 2016

प्रकाशित: ११ कार्तिक २०७३ १३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App