१५ चैत्र २०८० बिहीबार
राजनीति

दिल्लीस्थित नेपाली दूतावास भवनमुनि रेल सञ्चालन अनुमतिकाे कागजात माग

काठमाडौँ– व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतस्थित नेपाली राजदूतावासको जमिनमुनिबाट मेट्रो रेल सञ्चालन गर्न सरकारले दिएको अनुमतिका सम्बन्धमा सात दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।


समितिको मंगलबार बसेको बैठकले नेपाल–भारत प्रबुद्ध समूहको गठन गर्दा उक्त समूहलाई प्रदान गरिएको कार्यादेशसहित कार्यप्रगतिको लिखित विवरण उपलब्ध गराउन पराराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले उक्त विषयका लागि परराष्ट्र मन्त्रालयको स्पष्ट धारणा आवश्यक भएकाले आगामी बैठकमा अनिवार्य उपस्थित हुनसमेत निर्देशन दिइएको छ।

मंगलबारको बैठकमा प्रबुद्ध समूहका संयोजक डा भेषबहादुर थापालगायत सदस्यले समूहको कार्यप्रगतिका बारेमा जानकारी गराएका थिए। रासस

प्रकाशित: ९ कार्तिक २०७३ ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App