८ वैशाख २०८१ शनिबार
राजनीति

महाभियोग प्रस्ताव अगाडि बढ्छ : सभामुख

काठमाडौं- सभामुख ओनसरी घर्तीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्मा पेस भएको महाभियोग प्रस्तावलाई आफूले अगाडि बढाउने र त्यसमा सांसदले विवेकपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गरेकी छन्। सोमबार संयुक्त विद्यार्थी आन्दोलन समितिका प्रतिनिधिको ज्ञापनपत्र बु‰दै सभामुख घर्तीले भनिन्, 'जनताबाट निर्वाचित प्रतिनिधिले विवेक प्रयोग गरी जनताको आवाजलाई प्रतिनिधित्व गर्नेछन् भन्ने विश्वास छ। मैले पनि कुनै कसर बाँकी नराखी प्रस्ताव अगाडि बढाउनेछु।' संसद्ले महाभियोग प्रस्तावमाथिको छलफलको मिति तय गरिसकेकाले यसले निरन्तरता पाउने उनले प्रस्ट पारिन्।

महाभियोग प्रस्तावमा राजनीतिक सहमति जुटाउन आफूले पहल गरिरहेको उनले जानकारी दिइन्। 'अब यो प्रक्रिया अघि बढिसकेको छ, यसमा कुनै खालको चलखेल हुन सक्दैन,' सभामुख घर्तीले भनिन्, 'अब प्रस्तावकले फिर्ता लिए मात्रै रोकिने हो, त्यस्तो हुने कुरै भएन।'

नेपाली कांग्रेस आन्तरिक छलफलमा रहेकाले मंगलबारका लागि महाभियोग प्रस्ताव पेस गर्ने समय तोकिएको सभामुख घर्तीले बताइन्। 'मेरो चाहना यस्तो महŒवपूर्ण प्रस्ताव पेस गर्ने र छलफल गर्ने प्रक्रियामा प्रमुख दलहरू एक ठाउँमा आऊन् भन्ने हो,' उनले भनिन्, 'मंगलबार महाभियोग प्रस्ताव पेस भएपछि त्यही दिन पनि छलफल गर्न सकिन्छ, यदि दलहरुले तयारीका लागि समय मागे भने अर्को दिन तोक्न सकिन्छ।'

नियमावलीमा नै सबै प्रक्रिया तोकेकाले यसमा कुनै आलटाल नहुने उनको भनाइ छ। 'सबै सांसदले बोल्न चाहे भने मैले बोल्न दिनुपर्छ पेलेर जान मिल्दैन, यस्तो अवस्थामा केही दिन छलफल लम्बिन सक्छ,' उनले भनिन्, 'दलहरुले सहमतिका आधारमा प्रतिनिधिमूलक धारणा राख्ने सहमति गरे भने एक दिनमै छलफल सकिन्छ।'

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्› निकट १३ विद्यार्थी संगठन आबद्ध संयुक्त विद्यार्थी आन्दोलन समितिले महाभियोग प्रस्ताव संसद्बाट छिटो पास गराउन दबाबमूलक अभियान चलाउँदै आएको छ। समितिले मंगलबार प्रधानमन्त्री एवं माओवादी केन्›का अध्यक्ष प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाउने बताइएको छ।

 

प्रकाशित: ९ कार्तिक २०७३ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App