coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

महाअभियोगका विपक्षीलाई जनताले सजाय दिनेछन्ः पूर्व मन्त्री राई

भक्तपुर– पूर्व सञ्चारमन्त्री एवं नेकपा एमालेका युवा नेता शेरधन राईले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको विपक्षमा जाने राजनीति दललाई जनताले नै सजाय दिने बताएका छन्।

रफत सञ्चार क्लबले सोमबार गरेको साक्षात्कारमा राईले महाअभियोगको पक्षमा सबै दल एक ठाउँमा उभिएर जनताका पक्षमा निर्णय लिनुपर्नेमा जोड दिए।

उनले महाअभियोगको प्रस्ताव संसदमा प्रवेश भइसकेको र छिट्टै किनारा लाग्ने विश्वास व्यक्त गरे। उनले काँग्रेसले समेत महाअभियोगको पक्षमा आफ्नो केन्द्रीय सम्पादन समितिको बैठकबाट निर्णय लिने विश्वास व्यक्त गरे।

सरकार संविधान कार्यान्वयनको पाटोमा मात्र नभई पूर्ण रुपमा असफल भएको उनको टिप्पणी थियो। सरकारले तोकिएको समयमा निर्वाचन गर्न नसक्ने दावी उनको थियो।

 

प्रकाशित: ८ कार्तिक २०७३ ०९:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App