२० असार २०७७ शनिबार
राजनीति

मुखर्जीको भ्रमण तयारी गर्न निर्देशन

काठमाडौं- सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको राजकीय भ्रमण क्रममा धुलिखेल, जनकपुर, पोखरा, लुम्बिनी जानसक्ने भन्दै स्थानीय निकायलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ। स्थानीय विकास तथा संघीय मामिला मन्त्रीले सम्बन्धित नगरपालिकलाई राष्ट्रपति मुखर्जीको स्वागत, झाँकी प्रदर्शन, नागरिक अभिनन्दनलगायत तयारी गर्न आइतबार सम्बन्धित स्थानीय निकायलाई निर्देशन दिएका हुन्।

मन्त्रालयले मुखर्जीबाट धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको अवलोकन हुनसक्ने सम्भावना रहेको जनाएको छ। करिब २ दशकपछि भारतीय राष्ट्रपति राजकीय भ्रमण क्रममा कातिक १७ गते काठमाडौं आउँदैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आउन लागेका मुखर्जी विभिन्न कार्यक्रममा सहभागी हुने छन्।

यसैबीच भारतीय विदेश मन्त्रालयका शिष्टाचार महापाल नेतृत्वको टोलीले राष्ट्रपति मुखर्जीको सम्भावित भ्रमणस्थलको सुरक्षालगायत विषयमा जानकारी लिएका छन्। सो टोली फर्केर भारत गएपछि  मुखर्जीको भ्रमण कार्यतालिका सार्वजनिक हुने छ। मुखर्जीको भ्रमणपछि राष्ट्रपति भण्डारीले पनि भारत भ्रमण गर्ने छिन्।

प्रकाशित: ८ कार्तिक २०७३ ०८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App