१५ चैत्र २०८० बिहीबार
राजनीति

महाअभियोग प्रस्ताव संसदमा पेश

काठमाडौं–अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्ध बुधबार दर्ता भएको महाअभियोग प्रस्तावमाथि आइतबार संसदमा  पेश भएको छ।  व्यवस्थापिका संसदको आज ११ बजे बस्ने बैठकमा  संसदमा दर्ता भएको कार्की विरुद्धको महाअभियोग प्रस्ताव पेश भएकाे हाे। सभामुखले  घर्तीले महाभियाेग प्रस्तावमाथिकाे सैद्धान्तिक छलफलका लागि मंगलबारदेखि समय छुट्याइकी छन्।

आज बस्ने संसद बैठकमा  सभामुख ओनसरी घर्तीले कार्की विरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्न  समय निर्धारण गर्ने कार्यसूचि थियाे। संसदमा कार्की विरुद्ध गत बुधबार महाअभियोग प्रस्ताव दर्ता भएको थियो।

बिहीबार नै सो प्रस्तावमाथि संसदमा छलफल हुने कार्यसूचि भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनकालागि संसद बैठक स्थगित गर्न आग्रह गरेपछि सभामुख घर्तीले आइतबारसम्मका लागि संसद बैठक स्थगित गरेकी थिइन्।   महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल भएपछि महाअभियोग सिफारिस समितिको छलफलकालागि पठाइने प्रावधान छ। महाअभियोग समिति बुधबारमात्र गठन भएको थियो। ११ सदस्यीय  समितिले महाअभियोग प्रस्तावमा आरोप लगाएका विषयमा एक महिनाभित्र अनुसन्धान गरी संसदमा प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्था छ।

महाअभियोग समितिले अख्तियार प्रमुख कार्कीलाई समितिमा बोलाएर बयान लिने छ। अख्तियार प्रमुख कार्की विरुद्ध गत बुधबार प्रमुख प्रतिपक्ष एमाले र सत्तारुढ माओवादी केन्द्रका १५७ सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। महाअभियोग प्रस्तावका विषयमा संसदको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसले हालसम्म कुनै निर्णय गरेको छैन भने सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रले सबै दलसँगको सहमतिका आधारमा निर्णय लिने जिम्मा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको छ।

 

प्रकाशित: ७ कार्तिक २०७३ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App