coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

यो सरकार ढाल्न महाअभियोग प्रस्तावः गृहमन्त्री निधि

गृहमन्त्री निधि

काठमाडौं—कांग्रेस नेता तथा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषयमा निर्णय गर्ने बेला अहिलै नभइसकेको बताएका छन्।

हस्ताक्षरको आधिकारिकता कुरा टुङ्गो नलागी हामीले यस बारेमा निर्णय गर्नु उपयुक्त हुँदैन

'अदालतमा गम्भीर रुपमा उठिरहेको विषयलाई संसदले हेर्न मिल्ने कि नमिल्ने भन्ने विचार आइरहेका छन्', बीबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिँदै उनले भने, 'हस्ताक्षरमै विवाद देखिइरहेको छ। यो कुरा टुङ्गो नलागी हामीले निर्णय गर्ने कुरा आउँदैन।

पद र शक्तिको दुरुपयोग गरी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बद्‌नाम गराउने कार्यमा संलग्न कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको सन्दर्भमा उनले यस्तो बताएका हुन्।

बिहीबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकको एजेन्डामा महाअभियोग नरहेको उनले बताए।

'महाअभियोग एजेन्डामा नै छैन। अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षर महाअभियोग दर्तामा प्रयोग भएको भन्ने कुरा आएको छ', उनले भनेका छन्, 'हस्ताक्षरको आधिकारिकता कुरा टुङ्गो नलागी हामीले यस बारेमा निर्णय गर्नु उपयुक्त हुँदैन।'

सरकार ढाल्न एमालेले महाअभियोग प्रस्ताव ल्याएको उनले दाबी गरे। 'एमालेले अहिलेको सरकार ढाल्न चालेको कदम हो। सरकार जोगाउन हामी प्रयास गर्छौं', उनले भने।

यसअघि एमाले अध्यक्ष केपी शर्मा अाेलीले अख्तियार प्रमुख कार्की राजनीतिक अस्थिरता निम्त्याउन शक्तिकेन्द्रहरुबाट परिचालित भइरहेको बताएका थिए। खिलारज रेग्मी सरकारका पालामा भारतीय खुफिया एजेन्सी 'र' को चलखेलमा कार्की अख्तियार प्रमुखको पदमा पुग्न सफल भएका थिए।

प्रकाशित: ५ कार्तिक २०७३ ०६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App