coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पूरक बजेट चाँडैः अर्थमन्त्री महरा

रोल्पा–उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले चाँडै पूरक बजेट ल्याउने तयारी गरी रहेको बताएका छन । प्रेस सेन्टर रोल्पाले जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधान तथा अर्थमन्त्री महराले यस्तो बताएका हुन । उनले भने, ‘पूरक बजेट रणनीतिक योजना पनि हो । राजनीतिक सहमति र स्रोतका आधारमा यो ल्याउन सकिन्छ । हामीसँग स्रोत पनि छ । हामी पूरक बजेट ल्याउने तयारीमा छौं।’

पूरक बजेट रणनीतिक योजना पनि हो । राजनीतिक सहमति र स्रोतका आधारमा यो ल्याउन सकिन्छ । हामीसँग स्रोत पनि छ । हामी पूरक बजेट ल्याउने तयारीमा छौं।’

 

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सम्बोधनमार्फत अघि सारेका योजना कार्यान्वयनका निम्ति पनि पूरक बजेट आवश्यक रहेको अर्थमन्त्री महराले जिकिर गरे । उनले थपे, ‘संविधान अनुसार सरकारले पूरक बजेट ल्याउने प्रावधान छँदैछ। प्रधानमन्त्रीको सम्बोधनलाई कार्यान्वयन गर्न पनि पूरक बजेट ल्याउनै पर्ने देखिन्छ।’
सरकारले ल्याउने पूरक बजेटमा रोल्पाका योजनालाई प्राथमिकताका साथ बजेट विनियोजन गरिने मन्त्री महराले संकेत गरे। उनले उल्लेख गरे ‘रोल्पाका झन्डै पौने पाँच सय योजना छन । रोल्पालाई प्राथमिकता सहित अगाडि बढाउने सोच छ।’ विगतको सरकारले ल्याएको बजेट दृधताका साथ कार्यान्वयन गर्ने पनि अर्थमन्त्री महराले दोहोर्याए।

सरकारले ल्याउने पूरक बजेटमा प्रधानमन्त्रीको सम्बोधनमा आएको ‘रोल्पामा जनयुद्ध संग्रालय’ प्राथमिकतामा पर्ने उनले बताए। संग्राहलय बनाउने स्थानको विषयमा उनले जिल्लाका सरोकारवालाबाट सल्लाह, सुझाव मागी रहेको महराले बताए । संग्राहलयमा राखिने सामाग्री, विनियोजन गर्न लागिएको बजेटका विषयमा भने मन्त्री महराले खुलाउन चाहेनन्। पूरक बजेटमा रोल्पा देखि प्यूठान, रुकुम, बाग्लुङ र सल्यान जोड्ने रणनीतिक महत्वका सडकलाई पनि उच्च प्राथमिकता दिने सोच रहेको मन्त्री महराले खुलासा गरे ।

पूरक बजेटमा मन्त्री महराले घोराही थबाङ शहीद मार्ग विस्तार तथा कालो पत्रे, सुलिचौर थबाङ मोटर बाटो निमार्ण, १२ दशमलव ५ मेगावाटको खुग्री हाइड्रो पावर निमार्ण, पोलिटेक्निकल कलेज स्थापना, ५० शैयाको जिल्ला अस्पताल, वडाचौर एयरपोर्टलाई पुनःनिर्माण, हातहातमा मोवाइल र घरघरमा इन्टरनेटको नारालाई सार्थकता दिन जिल्लाभरि सञ्चार सञ्जाल कभरेज हुने गरी टेलिफोन टावर निमार्ण, अवरुद्ध माडी पुल निर्माण, ध्यान दिइने बताए । यी योजना मन्त्री महराका चुनावी एजेन्डा समेत हुन । मन्त्री महराका चुनावी एजेन्डा अहिले सम्म पनि ज्यूँका त्यूँ रहेकोमा जिल्ला बासीमा उनी अर्थमन्त्री भए पछि केही आश पलाएको छ ।

उपप्रधान तथा अर्थमन्त्री भए पछि पहिलो पटक गृह जिल्ला आएका महराले बहुचर्चित अलपत्र माडी पुल, जिल्ला अस्पताल, प्रश्तावित पोलिटेक्निकल कलेजको आइतबार नै अवलोकन पनि गरे । २०६६ साल असार १९ गते सडक डिभिजन कार्यालय र निर्माण कम्पनी लामा÷एडि÷धर्मेन्द्र जेभीका ठेकेदार बसन्त डिसी बीच माडी खोला पुल निमार्णको सम्झौता गरिएको थियो । सम्झौता अनुसार ६२ दशमलव ५ मिटर लम्बाई र ४ मिटर चौडाईको पुल २०६८ असार मसान्त सम्ममा बनी सक्नु पर्ने हो । तर अहिले पनि पुल दुई वटा पिलरमा सीमित रहेको छ ।

मन्त्री महराले अहिलेको सरकारका चार प्राथमिकता रहेको सुनाए । संविधान कार्यान्वयन, भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणलाई प्राथमिकता, संविधान संशोधन, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको काममा विशेष ध्यान दिने अहिलेको सरकारको प्राथमिकता रहेको उनले टिप्पणी गरे ।
स्थानीय तहको पुनः संरचनासँगै स्थानिय तहको चुनाव गरिने मन्त्री महराले दाबी गरे । सरकारले भित्रभित्रै चुनावको तयारी गरी रहेको पनि उनले बताए । संविधान कार्यान्वयनकै लागि मौजुदा ऐन, कानुनको निर्माण गर्ने काम भई रहेको भन्दै उनले सरकारको बचाउ पनि गर्न भ्याए ।

एक छुट्टै प्रसंगमा मन्त्री महराले चिनियाँ राष्ट्रपतिले चाँडै नेपाल भ्रमण गर्ने पनि विश्वास व्यक्त गरे । आफ्नो चीन भ्रमणले राष्ट्रपतिको नेपाल भ्रमणको लागि आधार तयार गरेको उनको दावी थियो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउन र नेपाललाई समृद्धिको मार्गमा दोहोर्याउन कुटनीतिक पहल भई रहेको मन्त्री महराले बताए ।

 

प्रकाशित: १ कार्तिक २०७३ ०६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App