१६ चैत्र २०८० शुक्रबार
राजनीति

निर्वाचन गराउन सरकार प्रतिवद्ध छ: मन्त्री बोहोरा

बुटवल- आपूर्ति मन्त्री दीपक बोहोराले संविधानले तोकिएकै समयमा तीन तहको निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको बताएका छन्।

रुपन्देहीको तिलोत्तमा नगरपालिका कोटीहवामास्थित पशुपति बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले भने– संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ गते सम्म गाउँपालिका÷नगरपालिका, प्रादेशीक र संसद गरी तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले यसप्रति सरकार प्रतिवद्ध छ ।

मन्त्री बोहोराले निर्धारित मितिमा निर्वाचन गराउन सकिएन र संविधान कार्यान्वयन हुनसकेन भने मुलुकमा ठूलो सङ्कट सिर्जना हुने भएकाले पनि सरकारले निर्वाचनलाई विशेष प्राथमिकतामा राखेको बताए।

नेपालको अर्थतन्त्रलाई गतिशिल बनाउनका लागि सहकारी आन्दोलनलाई सशक्त बनाउनु आवश्यक रहेको बताउँदै उनले ठूलो पुँजी सर्वसाधारणलाई आवश्यक नपर्ने र बैंकले सानो पुँजी लगानी नगर्ने सन्दर्भमा सहकारी विपन्न वर्गका लागि सारथी बन्न सफल भएको बताए।

सहकारीमा केही विकृति रहेपछि त्यसलाई व्यवस्थापन गर्दै अगाडि बढाउने हो भने समृद्धिको ढोका खोल्न सकिनेमा उनले जोड दिए।  रासस

 

प्रकाशित: २८ आश्विन २०७३ १०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App