१६ चैत्र २०८० शुक्रबार
राजनीति

सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको चेतावनी

काठमाडौं–मन्त्रीमण्डल बाहिर रहेर सरकारको समर्थन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तिहार अघि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ सकारात्मक भएपनि व्यवहार शंकास्पद रहेको भन्दै मोर्चामा अधैर्यता बढेको छ।

प्रधानमन्त्रीको बोली अनुसारको व्यवहार नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै छठपछि नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने प्रारम्भिक चेतावनी मोर्चाले सुनाएको छ। 

दसैंमा प्रधानमन्त्री दाहालले टीका नलगाउने र मुलुकको समस्या समाधानकालागि दलहरुसँग परामर्श गर्ने बताएका थिए। तर, प्रधानमन्त्रीले टीका नलगाएपनि मुलुकको समस्या समाधानका लागि दलहरुसँग परामर्श भने गरेनन्।

दसैं अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गराउने आश्वासन दिएका प्रधानमन्त्री दाहालले प्रस्ताव दर्ता नगराएपछि बिहीबार सद्भावना अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी संविधान संशोधन प्रस्ताव कहिले दर्ता हुन्छ? भन्दै प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्रीले दसैंपछि अबिलम्ब संशोधन प्रस्ताव दर्ता गराउने आश्वासन दिएको सद्भावना अध्यक्ष महतोले जानकारी दिए। 

‘दसैं त सकिन लाग्यो अब संविधान संशोधन प्रस्ताव कहिले हुन्छ? भनेर प्रधानमन्त्रीजीलाई टेलिफोन गरेको थिएँ,’ महताले नागरिकन्युजसँग भने, ‘उहाँले दसैंपछि लगत्तै संशोधन प्रस्ताव दर्ता गर्ने आश्वासन दिनु भएको छ।’ 

दसैंमा प्रधानमन्त्री दाहालले टीका नलगाउने र मुलुकको समस्या समाधानकालागि दलहरुसँग परामर्श गर्ने बताएका थिए। तर, प्रधानमन्त्रीले टीका नलगाएपनि मुलुकको समस्या समाधानका लागि दलहरुसँग परामर्श भने गरेनन्।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख तीन दलका शीर्ष नेतालाई दसैंको शुभकामना आदान प्रदान गर्न शीतल निवासमा बोलाएपछि तीन दलका नेताबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा सामान्य छलफल भएको थियो। त्यो बाहेक प्रधानमन्त्रीले कुनै पनि दलसँग औपचारिक रुपमा छलफल गरेका छैनन्। 

‘प्रधानमन्त्रीले भारत भ्रमण अगाडि नै संविधान संशोधन विधेयक संसदमा दर्ता गर्छु भन्नु भएको थियो,’ महताले भने, ‘हामीले त प्रस्ताव ल्याउनु मात्र भनेका थियौं उहाँले भारत भ्रमण अगाडि नै हुन्छ भन्नु भयो। त्यसपछि दसैं अगाडि हुन्छ भन्नु भयो, दसैं पनि गयो। अहिले तिहार अगाडि हुन्छ भन्नु भएको छ।’

 

प्रकाशित: २८ आश्विन २०७३ ०५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App