२० असार २०७७ शनिबार
राजनीति

दसैं सकिएपछि संविधान संशोधन प्रस्ताव दर्ता हुन्छ: मन्त्री केसी

काठमाडौं- सहरी विकास मन्त्री अर्जुनरसिंह केसीले दसैं सकिएको १५ दिनदेखि एक महिनाभित्रै संविधान संशोधन प्रस्ताव दर्ता हुने बताएका छन्।

रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै मन्त्री केसीले दसैं सकिएको १५ दिनदेखि एक महिनाभित्रै संविधान संशोधन प्रक्रिया अघि बढाउने तयारी भैसकेको बताएका हुन्।  ‘अब संशोधन प्रक्रिया अघि बढाउने कुरामा कुनै ढिलाई हुँदैन' उनले भने,' यसको लागि प्रमुख दलहरुवीच अन्तिम छलफल भैरहेको छ।’

मन्त्री केसीले संविधान संशोधनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि समर्थन गर्नेमा आफूहरु विश्वस्त रहेको बताए। उनले भने,‘संविधानलाई सर्वस्विकार्य बनाउनको लागि हामी सबै दलहरुको उत्तिकै महत्वपूर्ण जिम्मेवारी छ, यसको लागि खासगरी काँग्रेस, एमाले र माओवादी मिल्न जरुरी छ।’

उनले संविधानलाई लिएर असन्तुष्टि पोख्ने दलहरुको समेत आवाजलाई सम्बोधन गर्ने उद्देश्यले सरकारले द्रुत गतिमा काम गरिरहेको विश्वास दिलाए। उनले थपे,‘असहमतिका स्वरहरुलाई पनि सम्बोधन गर्नुपर्छ, यही भावनाका साथ अहिले हामी काम गरिरहेका छौं।’

संविधान कार्यान्वयनको लागि निर्धारित मितिमै तीन वटै निकायको चुनाव गराउनु अहिलेको अनिवार्य आवश्यकत्ता रहेको उल्लेख गर्दै केसीले त्यसको लागि पनि सरकारले काम गरिरहेको जनाए। केसीले थपे,‘संविधान कार्यान्वयनको लागि चुनाव गर्नुपर्छ, काँग्रेस, एमाले र माओवादी केन्द्र मिल्नुको विकल्प छैन, साथै मधेशी मोर्चालाईपनि विश्वासमा लिनुपर्छ, सहमति गर्नुपर्छ।’

 

प्रकाशित: २१ आश्विन २०७३ १५:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App