coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गाई चुनाव चिह्न प्रयोग गर्न किन नपाउने ?

काठमाडौं- ब्यवस्थापिका संसदमा बोल्दै सांसद दीलनाथ गिरीले प्रस्तावित विधेयकले दल–दलबीचमा तीक्तता बढाउने भन्दै आफ्नो निर्वाचन चिह्न प्रयोग गर्न नपाउने भन्ने व्यवस्था गरिएकामा आपत्ति गरे। प्रस्तावित विधेयकमा राप्रपा नेपालको चुनाव चिह्न गाई राष्ट्रिय जनावर भएकाले दल विशेषको चुनाव चिह्नका रुपमा प्रयोग गर्न नपाउने भन्ने व्यवस्था गलत रहेको उनको जिकिर थियो।

सांसद कुन्तीकुमारी शाही र विक्रमबहादुर थापाले गाई चिह्न निर्वाचनमा प्रयोग गर्न नदिने भन्ने विधेयकको प्रावधान संविधानको प्रावधान विपरीत रहेको भन्दै सच्याउन आग्रह गरे।  

सांसद गणेशमान गुरुङले आगामी निर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउने व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गराउने गरी प्रावधान राख्न आग्रह  गरे।

सांसद डिल्लीप्रसाद काफ्लेले संविधानको प्रावधानअनुसार नै राजनैतिक दलसम्बन्धी विधेयकमा समाजवादसम्बन्धी प्रावधानको व्यवस्था गर्न, धाँधली गर्ने दललाई कारबाही गर्ने व्यवस्था गर्न माग गरे । तर उनले दललाई राज्यको ढुकटी बाँड्ने भन्ने प्रस्ताव गलत भएको र त्यसलाई कायम गर्न नहुने बताए।

प्रकाशित: १८ आश्विन २०७३ १२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App