१५ चैत्र २०८० बिहीबार
राजनीति

तटस्थता तोड्दै नेपालले लियो भारतको पक्ष

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

काठमाडौं— भारत—पाकिस्तानबीच चुलिँदै गएको विवादमा नेपालले तटस्थता तोड्दै भारतको पक्षमा उभिएको छ। पाकिस्तानलाई एक्ल्याउने भारत सरकारको अभियानबारे आइतबार नेपालले धारणा सार्वजनिक गरेको हो।

परराष्ट्र मन्त्रालयले २२ दिन अगाडि कास्मिरमा भएको आक्रमणमा भारतीय सैनिक मारिएको घटनाको पनि निन्दा गरेको छ। सो घटनामा १८ भारतीय सेनाको मृत्यु भएको थियो। अघिल्लो साता भारतीय सेनाको आक्रमणबाट दुई पाकिस्तानी सेना मारिएका थिए। सो विषयमा विज्ञप्तिमा केही पनि उल्लेख छैन।

परम्परागत दुस्मन भारतले पाकिस्तानमाथि आतंकवादलाई संरक्षण दिएको आरोप लगाउँदै आएको छ। परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ति भारतको सोही धाराणा प्रेरित भएर आएको छ।

‘क्षेत्रीय स्तरमा शान्ति र स्थिरता प्राप्त गर्नका लागि सार्कका सदस्य राष्ट्रले आफ्नो भूमि आतंकबादी गतिविधिमा प्रयोग भए नभएको थहा पाउन जरुरी छ’, आइतबार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

भारतीय सेना मारिएकोमा  भत्सर्ना, पाक सेना मारिएकोमा मौन

परराष्ट्र मन्त्रालयले २२ दिन अगाडि कास्मिरमा भएको आक्रमणमा भारतीय सैनिक मारिएको घटनाको पनि निन्दा गरेको छ। सो घटनामा १८ भारतीय सेनाको मृत्यु भएको थियो। अघिल्लो साता भारतीय सेनाको आक्रमणबाट दुई पाकिस्तानी सेना मारिएका थिए। सो विषयमा विज्ञप्तिमा केही पनि उल्लेख छैन।

विषयवस्तुमा भारतको समर्थन जनाएको नेपालले सैद्धान्तिक रुपमा आफू आतंकवादको विरोधमा रहेको स्पष्ट पारेको छ। ‘विश्वव्यापी रुपमा एकजुट भएर आतंकवादविरुद्ध लड्न पर्नेमा स्पष्ट छ। नेपालले सधै आतंकबादको विरोध गर्दै आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कुनै पनि तरिकामा हुने आतंकवादको गतिविधि र अभिव्यक्तिको निन्दा गर्दछ।’

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि जारी संयुक्त वक्तव्यको ११ नम्बर बुँदामा अन्तरार्ष्ट्रिय मुद्दाहरुमा दुवै देशले समान धारणा बनाउने उल्लेख गरिएको थियो। भारतको पक्षमा विज्ञप्ति निकालिनुलाई त्यही सन्दर्भमा लिइएको छ।

सार्क सम्मेलनका लागि छलफल गर्ने
नेपालले सफलतापूर्वक सार्क सम्मेलन आयोजना गर्न सदस्य राष्ट्रहरुसँग छलफल गर्ने जनाएको छ। सार्कको वर्तमान अध्यक्ष नेपाल हो। सार्क सम्मेलनका लागि क्षेत्रीय वातावरण नभएकोले नोभेम्बर ९ र १० मा निर्धारित १९ औं सम्मेलन स्थगित गर्नुपरेको नेपालले जनाएको छ। पाकिस्तानले यसबारेमा नेपाललाई सूचित गरिसकेको छ।

‘सार्कको वर्तमान अध्यक्ष रहेको नाताले नेपाल  सार्क सम्मेलनका लागि उचीत वातावरणमा होस भन्ने चहान्छ। नेपाल सार्क सम्मेलन सफलतापूर्वक आयोजना गर्नका लागि आवश्यक वातावरण निर्माणका लागि सबै सहभागी राष्ट्रसँग सम्वाद तथा छलफल आरम्भ गर्नेछ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाल अर्थपूर्ण क्षेत्रीय सद्भावकाका लागि शान्ति र स्थिर वातावरणको आवश्यक छ भन्नेमा विश्वस्त छ।’

सार्क सम्मेलनको पूर्वसन्ध्यामा भारत पाकिस्तानबीच तनाब बढेको थियो। भारतले इस्लामावादमा हुने सार्क सम्मेलन रद्द गराएर पाकिस्तानलाई एक्लाउने घोषणा गरेपछि सम्मेलन नहुने भएको हो।

विज्ञप्तिको पूर्ण पाठ

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App