१६ चैत्र २०८० शुक्रबार
राजनीति

नियम निलम्बन प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं- व्यवस्थापिका-संसद्को आजको बैठकले व्यवस्थापिका-संसद् नियमावली, २०७३ को नियम २५९ बमोजिम उक्त नियमावलीको नियम ११४ को उपनियम (१), नियम ११९, १२० र १२७ को उपनियम (१), नियम १४२ र १५६ को उपनियम (१) निलम्बन गरेको छ। बैठकले बहुमतले निलम्बनको उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो।

नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक परशुराम तामाङको समर्थनमा नेकपा (माओवादी) केन्द्रका सचेतक टेकबहादुर बस्नेतले निलम्बनको प्रस्ताव सदनसमक्ष प्रस्तुत गरेका थिए।

प्रस्ताव प्रस्तुत गर्दै सांसद बस्नेतले आर्थिक वर्ष २०७३÷७४ को बजेट लागू गर्न आवश्यक पर्ने अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयनका लागि आर्थिक विधेयक २०७३, ऋण तथा जमानत (२१औँ संशोधन) विधेयक–२०७३ र राष्ट्र ऋण उठाउने विधेयक–२०७३, पारित गर्न नियम निलम्बनको प्रस्ताव गर्नुपरेको बताए।

व्यवस्थापिका–संसद्को साउन ७ गतेको बैठकले ती विधेयक अस्वीकार गरेको थियो। सांसद राजेन्द्र पाण्डेले प्रस्तावको विरोध गर्दै नेकपा (एमाले)ले त्यसको विपक्षमा मतदान गर्ने बताए। रासस

प्रकाशित: १३ आश्विन २०७३ १०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App