१५ चैत्र २०८० बिहीबार
राजनीति

मनमोहन विधेयक फिर्ता लिने सरकारको निर्णय, न्याम्सको नाम फेरिने

काठमाडौं–सरकारले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक  फिर्ता लिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरेको स्वास्थ मन्त्री गगन थापाले जानकारी दिए। यसैगरी सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को नाम परिवर्तन गर्ने निर्णय गरेको छ।

न्याम्सको नाम परिवर्तन गरी मनमोहन स्मृति चिकित्सा विज्ञान प्रतिष्ठान राख्ने निर्णय गरेको हो। यसैगरी बैठकले संसदमा विचाराधीन विधेयक पारित नभएसम्म नयाँ सम्बन्धन नदिने निर्णय गरेको छ भने न्याम्सको ऐन संशोधनकालागि संसदमा पठाउने निर्णयसमेत गरेको छ। 

यसैगरी लामोसमयदेखि खाली रहेको विश्व विद्यालय अनुदान आयोगको  सचिवमा प्राध्यापक देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। यसैगरी सदस्यमा तीर्थराज खनियाँ र इश्वरीप्रसाद ढकाललाई नियुक्त गर्ने निर्णय गरेको संचारमन्त्री तथा सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए। यसैगरी बैठकले अर्थ मन्त्रालयको सल्लाहकारमा पुण्यप्रदास रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

 

प्रकाशित: १३ आश्विन २०७३ ०७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App