coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पूर्व गृहमन्त्री घिमिरे सवार कार दुर्घटनाको छानविन गर्न समिति गठन

काठमाडौं- मन्त्रिपरिषद बैठकले पूर्व गृहमन्त्री माधव घिमिरे सवार कार दुर्घटना र धादिङ लपाङको बस दुर्घटनाबारे छानविन गर्न पूर्व प्रहरी प्रमुख कुवेर रानाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको छ।

पूर्व मुख्य सचिव तथा गृहमन्त्री घिमिरे सवार कार आइतबार साँझ पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो।  घिमिरेसहित उनका तीन दाजुभाइको अवस्था अझै अज्ञात रहेको छ। दुर्घटनामा परी घिमिरेकी आमा ८० वर्षीया चैतन्यकुमारी घिमिरे, सुरक्षागार्ड सशस्त्र प्रहरी नायब निरीक्षक (सई) रामचन्द्र कार्की र आफन्त नारायण काफ्लेको मृत्यु भएको थियो।

सरकारले छानविन समितलाई पृथ्वी राजमार्ग र मुगलिन नारायणगढ सडक खण्डमा आवागमनलाई सरल बनाउन र सवारी दुर्घटनालाई न्युनीकरण गर्न के उपाय अवलम्वन गर्न सकिन्छ भन्नेबारे सुझाव पेस गर्न समेत भनेको छ।

यस्तै मन्त्रिपरिषदले यातायात सुरक्षाबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्काल आवश्यक व्यवस्था गर्न भनेको छ।

मन्त्रिपरिषदले स्थानीय तहको सीमाना र संख्या निर्धारण गर्दा पहिला जिल्लामा कायम रहेका इलकाहरुलाई मुल आधार बनाउने निर्णय गरेको छ। यस अघि आइतबार तीन दलबीच सीमाङकनमा पुराना इलाकालाई आधार बनाउने सहमति भएको थियो।  इलाकामा नगरपालिका भइसकेको छ भने त्यसलाई नगरपालिका कायम गर्ने र त्यसमा अरु केही क्षेत्रहरु थप गर्न सकिने समेत मन्त्रिपरिषदले निर्णय गरेको छ। इलकालाई आधार बनाउँदै सुगमता अनुसार गाउँपालिका निर्धारण गर्ने भनेको छ।  

 

प्रकाशित: ११ आश्विन २०७३ १३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App