१६ चैत्र २०८० शुक्रबार
राजनीति

औषधिबारे सम्पूर्ण सूचना नागरिकले पाउनुपर्छः मन्त्री थापा

काठमाडौं– स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य सेवासम्बन्धी सूचनालाई सेवाग्राही र सरोकारवालाको पहुँचमा पु¥याउन जोड दिएका छन् । स्वास्थ्य क्षेत्रमा हुने खरिद, अत्यावश्यक औषधिको मौज्दातको सूचना सबैको पहुँचमा पु¥याए सेवाको प्रयोग र व्यवस्थापनमा समेत सहयोग पुग्ने बताए ।

नागरिक दैनिक, ग्रान्डी हस्पिटल र डेटा लिड्स इन्डियाले राजधानीमा संयुक्त रूपमा आयोजना गरेको ‘नेपालको स्वास्थ्य’ नामक ‘डेटा बुट क्याम्प’मा थापाले यस्तो धारणा राखेका हुन् । चिकित्सक, पत्रकार र तथ्यांक वैज्ञानिकहरूले स्वास्थ्यसम्बन्धी तथ्यांक प्रशोधन र प्रयोगको व्यावहारिक जानकारीका लागि आयोजित उक्त कार्यक्रममा थापाले भने, ‘मेरो चासो स्वास्थ्यसम्बन्धी सूचनालाई सार्वजनिक जानकारीमा कसरी लैजाने भन्नेमा छ,’ थापाले भने, ‘जनतामा प्रणालीप्रति विश्वास भए मात्रै उपलब्धि हासिल गर्न सकिन्छ ।’

थापाले मन्त्रालयको जिम्मेवारी लिएको सोमबार नै एक महिना पुगेको छ । यसबीच उनले स्वास्थ्य क्षेत्रमा गर्न सकिने सुधारका निम्ति अस्पतालहरूको अनुगमन गरिरहेका छन् । स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारकै बजेट विनियोजन भए पनि खर्च नभइरहेको उनले बताए ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वास्थ्यमा बजेट कम रहेको तर भएकै बजेट पनि खर्च नभएको उनले बताए । ‘भएकै बजेटको मुस्किलले ६० प्रतिशत खर्च भइरहेको छ,’ उनले भने ।

स्वास्थ्यसँग जोडिएका पानी, पोषण, सरसफाइलगायत विषय अन्य मन्त्रालयको जिम्मामा भए पनि त्यसको भार स्वास्थ्यमा पर्ने गरेको जानकारी दिए । त्यसका लागि क्षेत्रीय तहमै यस्ता कुराको समन्वय गर्ने गरी संरचना बनाउने योजना रहेको उनको भनाइ छ ।

अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले उपयुक्त सूचनाको अभाव र प्रयोगमा सावधानी नहुँदा समस्या आएको बताए । उनले पत्रकारले स्वास्थ्यसम्बन्धी सूचनाको प्रयोग सही रूपमा गर्नुपर्नेमा जोड दिए । ‘सूचनाको सदुपयोग गरेर गरिने पत्रकारिताले मात्रै वास्तविक अर्थमा प्रभावकारी भूमिका खेल्न सक्छ,’ उनले भने ।

विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार र चिकित्सक समेतको उपस्थिति रहेको कार्यशालामा ग्लोबल इन्भेन्टिगेटिभ जर्नालिजम् नेटवर्क (जिआइजिएन)का सह–संस्थापक ब्रान्ट ह्युस्टनले तथ्यांकको समुचित प्रयोगबाट पत्रकारितामार्फत दिने सन्देशलाई प्रभावकारी बनाउन सकिने बताए ।

सेन्टर फर इन्भेस्टिगेटिभ जर्नालिजम् भारतका प्रधान सम्पादक सैयद नजाकतले पत्रकारिता र समाचार संकलनमा स्वास्थ्यसम्बन्धी तथ्यांकको प्रयोगबारे प्रस्तुति गरेका थिए ।

मनी कन्ट्रोल मुम्बईका डाटा एडिटर सञ्जित ओबेराईले तथ्यांक प्रशोधनको प्रयोगात्मक सत्र सञ्चालन गरेका थिए । साथमा डेटा लिड्की सुरवी कौलले सहजीकरण गरेकी थिइन् ।

नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले पत्रकारितामा समाचारको आधारको रूपमा रहने तथ्यांकको विश्लेषण तथा प्रस्तुतिको महŒवमा जोड दिए । उनले यस्तो कार्यक्रमले पत्रकारिताको स्तर वृद्धिमा योगदान पुग्ने भएकाले खोज पत्रकारहरूको तीनदिने सम्मेलनमा आएका विशेषज्ञको संलग्नतामा यस्तो कार्यक्रम गरिएको जानकारी समेत दिए ।

प्रकाशित: ११ आश्विन २०७३ ०२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App