८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीद्वारा नतिजामुखी हुन प्राधिकरण सिइअाेलाई निर्देशन

बैठकमा सहभागी प्रधानमन्त्री दाहाल र अन्य

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई नतिजामुखी कार्यसम्पादनका लागि निर्देशन दिएका छन्। पुनःनिर्माण प्राधिकरणको सुस्त कार्यशैलीप्रति असन्तुष्ट प्रधानमन्त्रीले सिइअाेलाई परिणाममुखी हुन अाग्रह गरेका थिए।

अघिल्ला निर्देशनहरुको कार्यसम्पादन नभएपछि असन्तुष्ट बनेका प्रधानमन्त्रीले बैठकमा भने, ‘यो बैठकलाई गम्भीरतापूर्वक लिन र सरकारको घोषणा अनुसार नतिजा निकाल्ने गरी काम गर्न विशेष निर्देशित गर्दछु। अागामी बैठकमा घोषित नतिजा प्राप्त भएको रिपोर्ट लिएर आउनुहोला।’

अघिल्ला निर्देशनहरुको कार्यसम्पादन नभएपछि असन्तुष्ट बनेका प्रधानमन्त्रीले बैठकमा भने, ‘यो बैठकलाई गम्भीरतापूर्वक लिन र सरकारको घोषणा अनुसार नतिजा निकाल्ने गरी काम गर्न विशेष निर्देशित गर्दछु। अागामी बैठकमा घोषित नतिजा प्राप्त भएको रिपोर्ट लिएर आउनुहोला।’

सोमबार भएको पुनःर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहाल प्राधिकरण युद्धस्तरमा काम गर्नुपर्ने स्थितिमा भए पनि सो सम्वेदनशीलताअनुसार काम हुन नसकेको भन्दै प्राधिकरण नेतृत्वसँग असन्तुष्टि जनाए।

‘बैठकमा समस्याहरुको जानकारी र समीक्षा भयो। अब प्राधिकरणले परिणाममूखी काम युद्धस्तरमा गरोस्', दाहालले बैठकमा भने।

बैठकले १० दिनभित्र परामर्श परिषद्को बैठक बोलाएर थप छलफल गर्ने निर्णय पनि गरेको छ। 

बैठकले पूनर्निर्माणको कामको प्रयोजनका लागि सहसचिवको नेतृत्वमा क्षेत्रीय स्तरमा बनाइएको संरचना कामयावी हुन नसकेको निष्कर्ष निकाल्दै जिल्ला स्तरमा सांसदको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी र जिल्लास्तरीय राजनीतिक दलका प्रतिनिधिहरु सम्मिलित सचिवालय गठन गरेर कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

प्रधानमन्त्रीले १४ जिल्लाको राहतको कामलाई सम्पन्न गरी बाँकी १७ जिल्लाका भूकम्पपीडितलाई तुरुन्त पहिलो किस्ता अनुदान वितरणको व्यवस्था गर्न निर्देशन दिएका छन्। ३१ जिल्लामै दोस्रो किस्ताको राहत रकम वितरणका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय तयार रहेको भन्दै मन्त्रालय र आयोगसँग समन्वय गरी दोस्रो किस्ता राहत वितरणको गृहकार्य गर्न पनि उनले निर्देशन दिए।

बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्रधानमन्त्रीको घोषणा बमोजिम कार्यसम्पादन गर्न आयोग प्रतिवद्ध रहेको बताएका थिए।

कार्यसम्पादन सुस्त भएको भन्दै पछिल्लो समय सत्ता साझेदार दलहरु कांग्रेस-माअाेवादी प्राधिकरण नेतृत्वप्रति सन्तुष्ट छैनन्।

प्रकाशित: १० आश्विन २०७३ १२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App