coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अमेरिका- वेलायतको दवाबमा इराक–अफगानिस्तानको प्रतिबन्ध खुल्दैछ: श्रममन्त्री

श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ

काठमाडौं— श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले अफगानिस्तान तथा इराक दुवै देशमा काम गर्न जान लगाइएको प्रतिबन्ध हटाउने तयारी भइरहेको बताएका छन्। आगामी क्याबिनेटले त्यो प्रतिबन्ध हटाउने उनले बताए।

अफगानिस्तान र इराकमा नेपाली कामदार पठाउन काठमाडौंस्थित अमेरिकी र वेलायती राजदूतले प्रधानमन्त्रीलाई भेटेरै दवाब दिएको उनले खुलासा गरे। ‘उहाँहरुले प्रधानमन्त्रीसँग भेटेरै यस्तो दवाब दिनुभएको छ। नेपाली कामदारको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्छौं भन्नुभएको छ। त्यसैले प्रतिबन्ध सरकारले छिटै फुकुवा गर्छ’, उनले भने।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘दुवै देशमा कामदार पठाउने कुरामा अत्यधिक दवाब आएको छ। सरकारले सम्भवतः अब बस्ने क्याबिनेट मिटिङले यसबारेमा निर्णय गर्छ। प्रधानमन्त्रीले नै मलाई प्रस्ताव ल्याउनोस् भन्नु भएको छ।’

अफगानिस्तान र इराकमा नेपाली कामदार पठाउन काठमाडौंस्थित अमेरिकी र वेलायती राजदूतले प्रधानमन्त्रीलाई भेटेरै दवाब दिएको उनले खुलासा गरे। ‘उहाँहरुले प्रधानमन्त्रीसँग भेटेरै यस्तो दवाब दिनुभएको छ। नेपाली कामदारको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्छौं भन्नुभएको छ। त्यसैले प्रतिबन्ध सरकारले छिटै फुकुवा गर्छ’, उनले भने।

अमेरिकी र वेलायती राजदूतहरुले ती देशमा रेड जोनबाट ग्रिनजोनसम्म कामदार पु¥याउन बुलेटप्रुफ साधनको व्यवस्थागर्ने समेत प्रतिबद्धता जनाएको मन्त्रीले जानकारी दिए।

फ्रि भिषाका नाउँमा २ लाख सम्म लिने गरेको सुनिएको छ त्यस्तो पाइए कसैलाई नछाड्ने उनले बताए। ‘मलाई प्रलोभनमा पार्नेगरी कुनै प्रस्ताव आयो भने वा पैसाको बिटो लिएर कोही आयो भने म पत्रकारहरुलाई खबर गर्छु’, उनले भने।
 

प्रकाशित: १० आश्विन २०७३ १०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App