coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

साउदी अरबको राष्ट्रिय दिवस

काठमाडौं- काठमाडौंस्थित साउदी अरबको दूतावासले ८६ औं राष्ट्रिय दिवस मनाएको छ। राजधानीको हायात होटलमा आयोजित कार्यक्रममा शनिबार उपराष्ट्रपति नन्दबहादुर पुन र नेपालका लागि साउदी अरबका राजदूत अब्दुलनासेर अलहार्थीले केट काटेर कार्यक्रम शुभारम्भ गरेका थिए।

राजा अब्दुल्लाजिज बिन अब्दुल रहमान अल साउदले साउदी अरब अधिराज्यको एकीकरण र स्थापना गरेको दिनका रूपमा राष्ट्रिय दिवस मनाउने गरिएको हो। तीस वर्षको एकीकरण अभियानपछि अल साउद सन् १९२७ मा राजा बनेका थिए भने सन् १९३२ सेप्टेम्बर २३ मा देशको नाम साउदी अरब घोषणा गरिएको थियो।

विश्वको १८ प्रतिशत पेट्रोलियम पदार्थ भण्डार रहेको साउदी अरब सबैभन्दा ठूलो तेल निर्यात गर्ने देश हो। पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको प्रमुख गन्तव्य साउदी अरब बन्ने गरेको छ। नेपालका करिब साढे ६ लाख मानिस साउदीमा काम गर्दै आएका छन्।

प्रकाशित: ९ आश्विन २०७३ ०२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App