१६ चैत्र २०८० शुक्रबार
राजनीति

इन्जिनियर्स एशोसिएशनमा एक सदस्य बाहेक सबै पदमा लोकतान्त्रिक समूह विजयी

इन्जिनियर्स एशोसिएशनका नवनिर्वाचित अध्यक्ष हरेराम श्रेष्ठ।

काठमाडौं— नेपाल इन्जिनियर्स एशोसिएशनको शुक्रबार भएको निर्वाचनमा हरेराम श्रेष्ठले नेतृत्व गरेको लोकतान्त्रिक समूहले एक सदस्यबाहेक सबै पदमा जित हात पारेको छ।

नवनिर्वाचित सदस्य रोबर्ट खनालका अनुसार अध्यक्षमा लोकतान्त्रिक समूहका हरेराम श्रेष्ठ २ हजार ९ सय ६४ मत पाएर विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी पेशागत समूहकी सुमित्रा अमात्य मानन्धरले २ जहार १२ मत पाइन्।

अध्यक्ष निर्वाचित श्रेष्ठ सस्टेनेबल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट फाउन्डेसनका कार्यकारी निर्देशक हुन्। 'सबै इन्जिनियरको अवस्था राम्रो छैन। साथीहरुका समस्यालाई उजागर गरी न्याय दिलाउन तथा उनीहरुको क्षमता अभिवृद्धिका लागि विशेष ध्यान दिनेछु।'

उपाध्यक्षमा उमाशंकर साह, महासचिवमा उमेशप्रसाद थानी, उपमहासचिवमा रविभुषण झा र कोषाध्यक्षमा सुसन वैद्य विजयी भएका छन्।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले इन्जिनियरिङ रिर्सोस सेन्टरको स्थापनाको कार्यलाई अघि बढाउने बताए। ‘नेपालमा भएका महत्वपूर्ण विकास आयोजनाहरुको अध्ययन प्रतिवेदन तथा आयोजनाहरुसँग सम्बन्धित विवरणको अभिलेख राख्ने सेन्टर अहिलेको आवश्यकता हो’, उनले भने, ‘इन्जिनियरहरुको पेशागत क्षमता अभिवृद्धि तथा इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नु अहिलेको आवश्यकता हो।’

सबै मतदाता साथीहरुलाई धन्यवाद दिँदै उनले अागामी दिनमा सबैलाई समेटेर अघि बढ्ने बताए।

अध्यक्ष निर्वाचित श्रेष्ठ सस्टेनेबल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट फाउन्डेसनका कार्यकारी निर्देशक हुन्। 'सबै इन्जिनियरको अवस्था राम्रो छैन। साथीहरुका समस्यालाई उजागर गरी न्याय दिलाउन तथा उनीहरुको क्षमता अभिवृद्धिका लागि विशेष ध्यान दिनेछु।'

सदस्यहरुमा नन्दकुमार ओझा, अनुप गौतम, अशोकराज गौतम, होमनाथ पोखरेल, तपेन्द्रबहादुर खड्का, श्यामविक्रम खाँण, अञ्जना भट्ट, सञ्जय अधिकारी, सरोज धिताल, रोबर्ट खनाल विजयी भएका छन्। १५ सदस्यीय कार्यसमितिमा भट्ट एक जना मात्र पेशागत समूहबाट विजयी भएकी हुन्।

इन्जिनियरिङ काउन्सिलमा प्रतिनिधित्व गर्ने पाँच सदस्यहरुमा पनि लोकतान्त्रिक प्यानलका उम्मेदवारहरुले करिब पाँच सय मत अन्तरले अग्रता लिइरहेको सरोज धितालले जानकारी दिए।

 नयाँ कार्यसमिति चयनका लागि काठमाडौं (प्रज्ञा प्रतिष्ठान), विराटनगर, जनकपुर, वीरगन्ज, हेटौंडा, भरतपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा मतदान गर्ने व्यवस्था मिलाउन मिलाइएको थियो। मुलुकभरिबाट मतगणना गरी अाइतबार साँझ अन्तिम परिणाम सार्वजनिक गरिएको हो।

प्रकाशित: २ आश्विन २०७३ १४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App