७ वैशाख २०८१ शुक्रबार
राजनीति

संविधान कार्यान्वयन कांग्रेस नेतृत्वमा: सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलेका कांग्रेसको नेतृत्वमा संविधान संशोधन हुनुपर्ने बताएका छन्। बिहीबार नेपाल तरुण दल काठमाडौंका निर्वाचित जिल्ला समितिका पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कांग्रेस नेतृत्वमा नै कार्यान्वयन हुनुपर्ने बताएका हुन्।

उनले संविधान कार्यान्वयन मुलुकको  प्रमुख चुनौती रहेको उल्लेख गर्दै सबै चुनौतीको सामना गर्दै संविधान कार्यान्वयन गर्नुपर्ने बताए। उनले संविधान कार्यान्वगन गर्न सबै दलबीच सहमति आवश्यक रहेको उल्लेख गर्दै सिंहले साना तिना मतान्तर बिर्सेर सबै दल संविधान कार्यान्वयनमा लाग्नुपर्ने बताए।

‘अहिले सानातिना विषयमा विवाद गर्ने बेला होइन,’ उनले भने,‘ दलहरुले मतान्तरलाई छोडेर संविधान कार्यान्वयनमा लाग्नुपर्छ।’ नेता सिंहले पार्टीका सबै कार्यकर्तालाई संविधान कार्यान्वयनमा प्रभारकारी रुपमा लाग्न निर्देशनसमेत दिए।

 

प्रकाशित: ३० भाद्र २०७३ ०८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App