७ वैशाख २०८१ शुक्रबार
राजनीति

योजना आयोगमा दोस्रो पटक डा.वाग्ले

डा.स्वर्णिम वाग्ले। फाइल फोटो

काठमाडौं- आइतबारको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा तीन जनालाई नियुक्त गरेको छ। बैठकले डा.स्वर्णीम बाग्ले, प्रभु वुढाथोकी र प्रा.भिरेन्द्रमान प्रधानलाई नियुक्त गरेको हो। आइतबारको नियुक्तिसँगै आयोगले पूर्णता पाएको छ। सरकारले यसअघि डा.मीनबहादुर श्रेष्ठलाई आयोग उपाध्यक्षमा नियुक्त गरेको थियो।

'आयोगले अहिले दीर्घकालीन योजना बनाउन सकिरहेको छैन। १०, १५ वा २० वर्षपछि कहाँ पुग्ने भन्ने लक्ष्य छैन। त्यसैले दीर्घकालीन विकासको रणनीति तय गर्ने काममा मेरो विशेष पहल र चासो रहनेछ', उनले भने।

अाइतबार नियुक्त सदस्यमध्ये मध्ये डा.वाग्ले दोस्रो पटक आयोग सदस्यमा नियुक्त भएका हुन्। यसअघिको प्रा.डा.गोविन्द पोखरेल उपाध्यक्ष रहँदा उनले भूकम्पपछि 'विपतपछिको आवश्यकता आँकलन (पिडिएनए)' प्रतिवेदन तयार पार्ने कार्यको नेतृत्व गरेका थिए। त्यही प्रतिवेदनलाई आधार मानेर भूकम्पपछिको पुनःनिर्माणका लागि विदेशी दाताहरुले करिब ५ खर्ब रुपैयाँभन्दा बढीको सयहोगको प्रतिबद्धता जनाएका थिए।

दोस्रो कार्यकालको आफ्नो योजनाबारे नागरिकन्युजसँग कुराकानी गर्दै आइतबार साँझ डा.वाग्लेले भने, 'आयोगमा दुई किसिमले काम हुन्छन् एउटा नियमित काम र अर्को नयाँ काम। नियमित कामलाई प्रभावकारी बनाउन र केही नयाँ काम गर्ने लक्ष्य सहित म आएको छु।'

दोस्रो कार्यकालका लागि उनले संक्षिप्त कार्य योजना सुनाए। 'आयोगले अहिले दीर्घकालीन योजना बनाउन सकिरहेको छैन। १०, १५ वा २० वर्षपछि कहाँ पुग्ने भन्ने लक्ष्य छैन। त्यसैले दीर्घकालीन विकासको रणनीति तय गर्ने काममा मेरो विशेष पहल र चासो रहनेछ', उनले भने।

अायोगमा पहिलो कार्यकालका नियुक्त हुनुअघि उनी विश्व बैंककाे बरिष्ठ अर्थशास्त्रीको रुपमा वासिङ्टन डिसीमा कार्यरत थिए। उनी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले सन् २०१३ प्रकाशित गरेको 'द राइज अफ साउथ: ह्‌युमन प्रोग्रेस इन अ डाइभर्स वर्ल्ड'का सहलेखक हुन्। अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट विद्यावारिधी गरेका उनले अमेरिकाको हार्बर्ड र वेलायतको लन्डन स्कूल अफ इकोनोमिक्सबाट डिग्री हाँसिल गरेका छन्।

 

प्रकाशित: २६ भाद्र २०७३ १४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App