६ वैशाख २०८१ बिहीबार
राजनीति

अपराधमा संलग्न भएको आरोपमा माओवादीका दुई कार्यकर्ता निस्काशित

जुम्ला– नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी जुम्लाले अपराधिक क्रियाकलापमा संलग्न दुई जना कार्यकर्तालाई साधारण सदस्य नरहने गरी निस्काशित गरेको छ। जुम्लाका विभिन्न स्थानमा लुटपाटमा सक्रिय भएको भन्दै अत्याधुनिक हतियारसहित प्रहरीले पक्राउ गरेको धापा– ६ का अशोक तिरुवा (क्षितिज ) र गज्र्यांकोट– ३ का धिरबहादुर परियार ( भुमिका ) लाई निस्काशित गरेको हो।

जिल्ला सेक्रेटरी बिर्खबहादुर शाहीले विज्ञप्ति गारी गरी लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको र अपराधिक क्रियकलापमा लागेकोले पार्टीको नीति र सिद्धान्त विपरित कार्य गरेको भन्दै निस्काशित गरिएको जनाएका छन्। विज्ञप्तिमा जिल्लामा भइरहेको अराजक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले थालेको कडन सर्च अभियानको उच्च प्रशंसा गरिएको छ।

‘नेपाल प्रहरीले अत्याधुनिक हतियार, सोको गोली र वन्दोवस्तीका सामानसहित लुटेर पक्राउ गरेको घटना निकै सहारनीय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले नेपाल प्रहरीले देखाएको उच्च कार्यप्रति नेकपा माओवादी जुम्ला उच्च मुल्यांकन गर्दै वधाई ज्ञापन गर्दछ ।आगामी दिनमा यस्तो कार्यप्रति निरन्तर सहयोग गर्दछौं।’ प्रहरीले वुम्रामाडिचौर गाविसमा एसएमजीसहित पक्राउ गरेका ५ जनामध्ये चन्द माओवादीका  दुई जना कार्यकता पनि थिए ।

 

प्रकाशित: २० भाद्र २०७३ ०९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App