८ वैशाख २०८१ शनिबार
राजनीति

सार्वजनिक कार्यक्रममै प्रदेश १ का खानेपानी मन्त्री मेन्याङ्बो र मेयर साम्पाङबीच जुहारी

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र प्रदेशका खानेपानी मन्त्री तिलकुमार मेन्याङ्बोबीच एक सार्वजनिक कार्यक्रममा जुहारी परेको छ।

उपमहानगरपालिका प्रांगणमा प्राइम टेलिभिजनले आयोजना गरेको पालिका सवाल कार्यक्रममा बुधबार मेयर साम्पाङ र मन्त्री मेन्याङ्बोबीच जुहारी परेको हो।

कार्यक्रममा खानेपानी उपभोक्ता समिति गठनको सफारिश नगरिदिएको भन्ने जन-गुनासोमा व्यक्त भएपछि मेयर साम्पाङले जवाफ दिने क्रममा कतिपय बजेट र कार्यक्रम स्थानीय सरकारलाई थाह नदिइएको र त्यस्ता कार्यक्रमहरु आफुले रोक्ने बताएका थिए।

उनले उनले प्रदेश र केन्द्र सरकारले स्थानीय सरकारको सहमति, रोहबर र अनुमतिमा मात्र योजनाहरु पाठाउनुपर्ने भन्दै समन्वय नगरि आएका कार्यक्रमरु कार्यान्वयन गर्न नदिने अभिव्यक्ति दिए। उनले प्रदेश र केन्द्रले त्यस्ता योजनाहरुमा नीतिगरुपमा भ्रष्टचार गरिरहेको पनि आरोप लगाए। कतिपय योजनाहरुको काम सकिएको तर आफु र वडा अध्यक्षलाईसमेत जानकारी नभएको भन्दै अबदेखि त्यस्ता योजनाहरु रोक्ने उनले चेतावनी पनि दिए।

मेयर साम्पाङको यो अभिव्यक्तिले कार्यक्रममा वक्ताको रुपमा निम्त्याइएका प्रदेश १ सरकारका खानेपानी मन्त्रीले मेन्याङ्बो रिसाएका थिए। उनले संविधान र कानुनले दिएको अधिकार क्षेत्रभन्दा बढी नबोल्न र काम नगर्न पनि मेयर साम्पाङलाई सचेत गराएका थिए। मन्त्री मेन्याङ्बोले अनुमति लिनुपर्ने ठाउँमा प्रदेश र केन्द्र सरकारले लिने साथै लिनुनपर्ने ठाउँमा नलिने भन्दै मेयर मुख्यमन्त्री, प्रधानमन्त्री भन्दा माथि नहुने र संविधान, कानुनको पालना सबैले गर्नुपर्ने बताए। योजनहरु सम्बन्धित प्रदेश र संघका प्रतिनिधि (सांसद) हरुमार्फत आउने र कार्यान्वयन हुने भन्दै उनले त्यस्ता योजनाहरु रोकन नहुने पनि बताए।

कुनै योजनामा भ्रष्टचार भइरहेको भए कारबाही गर्न पनि उनले चुनौती दिएका थिए। मन्त्री मेन्याङ्बो र मेयर साम्पाङ एक अर्काको अभिव्यक्तिको प्रतिवादमा उत्रिएपछि कार्यक्रम आयोजकलाई सम्हाल्न हम्मे परेको थियो। 

कार्यक्रमकी सहजकर्ताले मेयर साम्पाङलाई रोक्न खोज्दा बोल्न नदिने हो भने कार्यक्रम छोडेर जाने समेत बताएपछि समस्यामा परेकी थिइन्।  

प्रकाशित: १८ माघ २०७९ १४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App