coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसकै उम्मेदवार राष्ट्रपति: नेता कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले अबको राष्ट्रपति नेपाली कांग्रेसकै उम्मेदवार बन्ने दावी गरेका छन्।  उनले नेपाली कांग्रेसका उम्मेदवार जुन प्रधानमन्त्री तथा माओवादी नेता पुष्पकमल दाहालले रुचाएका व्यक्ति हुने बताए ।

‘राष्ट्रपतिको बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग समेत कुरा भईरहेको छ,’ वरिष्ठ नेता कोइरालाले बुधबार वराहक्षेत्रको भरौलमा आयोजना भएको नोना कोईराला स्मृति भवनको सिलान्यास कार्यक्रममा भने। उनले अहिले निर्वाचनको समीक्षा भन्दा पनि राष्ट्रपतिको निर्वाचनलाई प्रथमिकताका साथ राखिएको बताए।

‘अहिले केन्द्रमा कुनै विवाद छैन,’ उनले कार्यकर्तालाई भने, ‘तपाईंहरु जनताको सुखदुःखमा जोडिनुहोस्।’  नेपाली कांग्रेस जनताको शक्ति भएकाले जनताको माझ सधै जानु पर्ने नेता कोइरालाले बताए।

‘कांग्रेस सधैँ जनता र कार्यक्रतासँगै रहेकाले वर्तमान अवस्थामा तपाईंहरु (कार्यकर्ता) जनमुखी हुनु पर्छ,’ उनले भने, ‘पार्टीमा युवा, महिलाको आकषर्ण गराउन लाग्नुहोस्।’

नेपाली कांग्रेस वराहक्षेत्र वडा नं ४ ले आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता कोईरालाले नोना स्मृति भवनको शिलान्यास समेत गरेका थिए। स्वर्गीय नानो कोइराला बरिस्ठ नेता शेखर कोइरालाकी आमा हुन्। उनै नोना कोइरालाको सम्झनामा वडा पार्टी कार्यालयको लागि भवन निर्माणको शिलान्यास गरिएको हो। भवनको लागि एक कट्टा जमिन तल्लो जम्मटोकीमा वडा सभापति नुतन धामीले दान गरेका थिए।

सो क्रममा नेपाली कांग्रेसमका केन्द्रीय सदस्य राजिब कोईराला,  नेतृ लक्ष्मी खतिवडा , प्रदेश नं. १ महामन्त्री उमेश थापा, जिल्ला सभापति केदार भण्डारी लगायतले बोलेका थिए।  

प्रकाशित: १८ माघ २०७९ १२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App