coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उप-महानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन बुटवलमा हुने

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन बुटवलमा हुने भएको छ। बुटवल उपमहानगरपालिकाको आयोजनामा माघ २१ र २२ गते बुटवलमा देशभरका उपमहानगरपालिकाहरुको सम्मेलन हुने भएको हो। आयोजक बुटवल उपमहानगरपालिकाले आज (बुधबार) बुटवलमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समान समस्या, समान मुद्दा र समान संरचना भएका हामीहरुका बीचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने उदेश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए।

‘यही माघ २१ र २२ गते हुने सम्मेलनमा देशभरका उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहनेछ’ नगरप्रमुख पाण्डेले भने। सम्मलेनमा उपमहानगरपालिकाका साझा समस्या, संविधानअनुसार साझा र एकल अधिकारको प्रयोगका चुनौती, असल अभ्यासबारे अनुभव आदानप्रदान गर्ने संघ र प्रदेश सरकारसँग स्थानीय सरकारका अपेक्षा र स्थानीय आवश्यकताका विषयमा छलफल गरी निष्कर्ष निकालीने उनले बताए।

सम्मेलनमा उपमहानगरका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विभिन्न निकायका प्रतिनिधिसहित करीब ५ सय सहभागी हुने बताए। सम्मेलनले साझा प्रतिबद्धता सहितको बुटवल घोषणापत्र जारी गर्ने नगरप्रमुख पाण्डेले बताए। सम्मेलनको उद्घाटन समारोह बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा र अन्य शत्रहरु बुटवल उपमहानगरको सभाहलमा हुनेछ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उपमहानगरहरुका बीचमा आपसी समन्वय र सहकार्यको उदेश्यका साथ सम्मेलन हुने र यसले देशलाई नै लाभ हुने बताइन्। स्थानीय सरकारहरु साझा मुद्दा लिएर एकसाथ अघि बढ्ने उनले बताइन्।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले राष्ट्रिय सम्मेलनको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरिएको जानकारी गराए। उसम्मेलनमा सहभागी हुने उपमहानगरपालिका र अन्य प्रतिनिधिहरुलाई पत्राचार गरिसकिएको र आन्तरिक व्यवस्थापनको काम जारी रहेको उनले बताए।  

प्रकाशित: १८ माघ २०७९ १२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App