८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्रीहरुले संविधान विपरित अभिव्यक्ति दिए स्विकार्य नहुने बस्नेतको चेतावनी

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद एवम् पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रीहरुले संविधानको मूल्य र मान्यता विपरित अभिव्यक्ति दिने काम फेरी गरे स्विकार्य नहुने चेतावनी दिएका छन्।

सरकारका केही मन्त्रीहरुले संघीयताविरुद्ध अभिव्यक्ति दिइरहेका बेला उनले संविधानको मूल्य र मान्यता विपरित अभिव्यक्ति दिए काम फेरी गरे स्विकार्य नहुने टिप्पणी गरेका हुन्।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बस्नेतले मन्त्रीहरुलाई संविधानको मूल्यभन्दा बाहिर गएर अभिव्यक्ति दिने काम फेरी नगर्न सचेत गराए।

उनले सरकार संविधान कार्यान्वयन गर्ने निकाय भएकाले त्यसमा रहेका मन्त्रीहरुले त्यस्ता खालका गल्ती गर्न नहुने स्पष्ट पारे।

सांसद बस्नेतले भने, ‘संसदमा यो विषयमा बहस एक हदसम्म स्विकार्य पनि छ। सडकमा यसको बहस एक हदसम्म स्विकार्य पनि होला। हरेकले आ–आफ्नो मूल्य र मान्यतालाई स्विकार गरेर अघि बढलान। सरकार संविधानको कार्यान्वयन गर्ने संस्था क्याविनेट र क्याबिनेटका सदस्यहरुले  संविधान संविधानका मूल्यभन्दा बाहिर गएर गर्ने टिप्पणी स्विकार्य हुन सक्दैन। र, यस्ता प्रकारका गल्तीहरु आगामी दिनमा नहून। यस्ता कुराहरुलाई सच्याईयोस् भन्ने कुरा सभामुख महोदयमार्फत राख्न चाहन्छु।’

सांसद बस्नेतले राजनीतिक दलहरुलाई आ–आफ्नो दृष्टिकोण स्थापित गराउने छुट भएपनि सरकारमा रहेका मन्त्रीहरुलाई जथाभावी बोल्ने अनुमति संविधानले नदिएको पनि स्मरण गराए। 

प्रकाशित: १८ माघ २०७९ १०:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App