६ वैशाख २०८१ बिहीबार
राजनीति

लुम्बिनी काँग्रेसले बनायो २१ वटा विभाग

नेपाली काँग्रेस लुम्बिनी प्रदेशले पार्टीका विभिन्न २१ विभाग गठन गरेको छ। साथै उसले विभागका प्रमुखहरू समेत चयन गरेको छ। पार्टी लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले विभिन्न २१ वटा विभागका प्रमुखहरू तोकेका हुन्। 

 काँग्रेसले प्रदेशको संगठन विभाग प्रमुखको जिम्मेवारी प्युठानका सुबास केसीलाई दिएको छ। यसै गरी प्रदेश कानुन तथा संसदीय मामिला विभागको जिम्मेवारी पाल्पाका महेन्द्र प्रसाद पाण्डेलाई दिइएको छ भने प्रदेश तथा स्थानीय निकाय विभागको प्रमुखमा प्युठानका अमरप्रसाद भण्डारीलाई मनोनयन गरिएको छ। यसै गरी सूचना सञ्चार तथा प्रचार प्रसार विभागको प्रमुखमा दाङका प्रचण्ड विक्रम न्यौपानेलाई मनोनयन गरिएको छ भने स्वास्थ्य विभागको प्रमुखमा बाँकेकी अञ्जना पाण्डेलाई मनोनयन गरिएको छ। 

यसै गरी नवलपरासीका बिश्वप्रेम पाठकलाई शुभेच्छुक संस्था समन्वय विभाग,प्युठानका सुबास केसीलाई भाषा, साहित्य, कला तथा संस्कृति विभाग,अर्घाखाँचीका डा। जयबहादुर टण्डनलाई शिक्षा बिज्ञान तथा प्रविधि विभाग, कपिलवस्तुका रवीन्द्र नाथ ठाकुरलाई गैरसरकारी संस्था एवं सामाजिक सेवा विभाग,दाङका देवनारायण चौधरीलाई अभिलेख, अनुगमन तथा मूल्यांक विभाग, रुपन्देहीका दिर्घबहादुर केसीलाई युवा तथा खेलकुद विभागको प्रमुखमा मनोनयन गरिएको छ। 

यसै गरी कपिलवस्तुका विक्रम सिंह थापालाई शान्ति सुरक्षा तथा प्रशासन सेवा विभाग, रुपन्देहीकी शान्ति शर्मालाई ट्रेड युनियन तथा श्रमिक विभाग, रुपन्देहीका रामबहादुर कार्कीलाई अन्य पार्टी सम्पर्क विभाग, बाँकेका टेकनारायण भुषाललाई तरुण समन्वय विभाग, बर्दियाका भेषराज पौडेललाई निर्माण व्यवसायी विभाग,अर्घाखाँचीकी शान्ता भण्डारीलाई महिला समन्वय विभाग, रुपन्देहीकी लीला कुमारी पौडेललाई सहकारी विभाग,बर्दियाका पुष्पलाल श्रेष्ठलाई वातावरण तथा बिपद व्यवस्थापन विभाग,गुल्मीका छन्द पहराई मगरलाई आदिवासी जनजाति समन्वय विभाग र रोल्पाका पुष्पा श्रेष्ठलाई यातायात विभागको प्रमुख तोकिएको छ।

काँग्रेसको विधान अनुसार प्रदेश समितिले ३४ वटा विभागहरू गठन गर्न पाउने व्यवस्था छ। अहिले २१ वटा मात्रै विभागहरू गठन गरेको लुम्बिनी काँग्रेसले थप १३ वटा विभाग गठन गर्न बाँकी छ। ‘पार्टीको विधानहरू प्रदेश समितिलाई ३४ वटा विभागहरू बनाउन पाउने व्यवस्था गरेको छ,’ काँग्रेस लुम्बिनी प्रदेश समितिका सभापति अमरसिंह पुनले भने ‘सोही व्यवस्था अनुसार हामीहरूले २१ वटा विभाग बनाएका छौँ, अब थप १३ विभाग गठन गर्न बाँकी छ।’ उनका अनुसार प्रत्येक विभागहरू २५ सदस्यीय रहने व्यवस्था छ। विभागका सदस्यहरू भने विभाग प्रमुखहरूले मनोनयन गर्ने छन्। ‘सबै विभागहरूले आआफ्नो क्षेत्र अन्तर्गतमा रहेर समन्वय, सहकार्य गर्ने छन्,’ सभापति पुनले भने ‘हरेक विभागले आआफ्नो क्षेत्रमा रहेर काम गर्दा समन्वयको बढोत्तरी हुने र यसले सङ्गठनलाई प्रत्यक्ष फाइदा पुग्ने छ।’    

प्रकाशित: १८ माघ २०७९ ०८:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App