८ वैशाख २०८१ शनिबार
राजनीति

अंश माग्नु छ भने बालुवाटार जानुस्: सांसद अग्रहरी

सांसद अमृतलाल राजवंशी र सांसद अमृता अग्रहरी बिच भूमिहीनका मुद्दामा जुहारी चल्यो। प्रतिनिधिसभाको बुधबारको बैठकमा दुई सांसदबिच जुहारी चलेको हो । 

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा अमृतलाल राजवंशीले निकालेको भूमिहीनलाई जग्गा दिने विषय प्रति अग्रहरीले कटाक्ष गरेकी हुन्। 

सांसद अमृतलाल राजवंशीले भने, ‘त्यो भूमिहीन आयोग तुरुन्त भन्दा तुरुन्त सुचारु होस। भूमि हिनलाई जग्गा वितरण गर्ने प्रक्रिया तुरुन्त भन्दा तुरुन्त होस।’ 

राजवंशी पछि बोलेकी अमृता अग्रहरीले उनको भनाइमा आपत्ति जनाउँदै भनिन, ‘यो प्रतिनिधि सभा भनेको जनताको प्रतिनिधिको थलो हो। यो अंशबण्डा माग्ने थलो होइन। अंश माग्नु छ भने बालुवाटारमा जानुहोस्। यो राष्ट्रको चिन्ता गर्ने थलो हो। यसको कुरा गर्नुस्।’

यसअघि राजवंशीले विगतको सरकारले भिुमिहिन आयोगको मार्फत सुकुम्वासी २ लाख ४० हजार घर परिवारलाई जग्गा वितरण गर्ने केपी ओलीको तयारी काहाँ पुगेको छ? भन्दै प्रश्न गरेका थिए । 

‘त्यो अहिले कहाँ पुगेको छ। अहिलेको न्यूनतम साझा कार्यक्रममा पनि परेको छ’, उनले भनेका थिए ।

प्रकाशित: १८ माघ २०७९ ०७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App