२२ असार २०७७ सोमबार
राजनीति

स्ववियु चुनाव समयमै सम्पन्न गर्न कार्यदल गठन

काठमाडौँ-स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन समयमा नै सम्पन्न गर्न संयुक्त विद्यार्थी सङ्गठनले कार्यदल गठन गरेको छ।

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरको अध्यक्षतामा आज बसेको विभिन्न १० विद्यार्थी सङ्गठनले विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धिको कार्यान्वयन र आगामी कार्यदिशा तय गर्न सम्पूर्ण विद्यार्थी सङ्गठनका प्रतिनिधि सम्मिलित एक कार्यदल गठन गर्ने निर्णय गरेको हो।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी सङ्गठनले मेडिकल अध्ययनरत ४५ प्रतिशत वर्गीकृत छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने भन्ने सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्न सरकार र सरोकारवालासँग माग गरेको छ।

यसैगरी भूकम्पपीडित प्रभावितहरुको जनजीवनलाई व्यवस्थित बनाउन तत्काल सरकारले पहल गर्नुपर्ने, चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको बजारभाउ तथा गुणस्तर र यातायातका साधनमा बढिरहेको अस्तव्यस्त हटाई सु–व्यवस्था कायम गर्न सरकारसँग माग गरेको छ।

संयुक्त विद्यार्थी सङ्गठनमा नेवि सङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, मधेसी विद्यार्थी फोरम नेपाललगायत रहेका छन्। रासस

 

प्रकाशित: १७ भाद्र २०७३ १७:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App