१६ चैत्र २०८० शुक्रबार
राजनीति

पूर्वमन्त्री गाेरेबहादुर खपाङ्गीकाे निधन

काठमाडाैं- पूर्वमन्त्री गाेरेबहादुर खपाङ्गीकाे निधन भएकाे छ। उनी प्रजातान्त्रिक जनमुक्ति पार्टीका संस्थापक नेता थिए। महाेत्तरी जिल्लामा जन्मिएका उनी नेपालकाे अादिबासी जनजाति अान्दाेलनका अगुवा थिए।

नेपाल मगर संघका अध्यक्ष समेत रहेका उनकाे निधनले मगर समुदाय एवं जनजाति अान्दाेलने एक निडर नेता गुमाएकाे छ।

१२ वैशाख २०७० गम्भीर माेटरसाइकल दुर्घटना परेर उनकाे टाउकाको दायाँ भाग र हातमा गम्भीर चोट लागेकाे थियाे। त्यसपछि उनलाइ उपचारका लागि सिंगापुर पुराइएकाे थियाे। उनका समर्थकहरूले गोरेबहादुर खपांगी फाउन्डेसन नामक संस्था गठन गरी उनकाे उपचारमा सघाउँदै अाएका थिए।

पछिल्लो समय उनको न्युराे अस्पताल बासबारीमा उपचार भइरहेकाे थियाे। उनकाे शवलाई आइतबार दिउसो अन्तिम श्रद्धाञ्जलीका लागि  मगर संघ केन्द्रीय कार्यालय कलङ्कीमा राखिनेछ।

खपांगी तत्कालीन राजा ज्ञानेन्द्रकाे प्रत्यक्ष शासनकाे समयमा मन्त्री भएका थिए।

प्रकाशित: १२ भाद्र २०७३ ०२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App