coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बुटवलमा रात्रीकालिन बजार संचालन गर्ने प्रस्ताव नगरसभाबाट पारित

बुटवल उपमहानगरपालिकाको नगर सभाको १२औं अधिवेशन जलश्रोत नीति, कर्मचारी दरबन्दी सम्बन्धि संगठन तथा व्यवस्थापन संरचना, स्वास्थ्य ऐन संसोधन सहित पारित गर्दै सकिएको छ। नगरसभाले बुटवलमा रात्रीकालीन बजार सञ्चालन गर्ने प्रस्ताव पनि पारित गरेको छ। नदीजन्य पदार्थको अवैध उत्खनन् तथा चोरी निकासी नियन्त्रण, नागरिक बडापत्रलाई तीन भाषामा प्रकाशन गर्ने लगायतका प्रस्ताव पारित गरिएको छ।  

यसअघि गठन भएका समिति, उपसमिति, परिषद् र आयोगहरुको नयाँ गठन प्रक्रिया अगाडि बढाउने, बुटवल भित्रका पार्कहरुलाई नगर मातहत ल्याउन कानून बनाउने, टोलविकास संस्थाहरुलाई व्यवस्थित गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।  

नगरसभाको बैठकलाइ सम्बोधन गर्दै नगरसभाका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई विकासित र अगुवा शहरका रुपमा स्थापित गर्नका लागि  जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी एकजुट भएर अगाडि बढ्ने बताए।  बुटवललाइ समानता, स्वाभिमान र अवसरसहितको बस्न योग्य शहर’का रुपमा स्थापित गर्दै आर्थिक केन्द्र र मानव संशाधनका दृष्टिले उच्च क्षमताको जनशक्ति उत्पादन र खपत गर्ने शहरका रुपमा स्थापित गर्ने नगरप्रमुख पाण्डेले बताए। चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गर्दै उनले समयमै योजना सम्पन्न गर्नतर्फ लाग्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह पनि गरे।

प्रकाशित: १२ माघ २०७९ ०६:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App