coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुलुकको सर्वोच्च निकायमा महिला पुग्नु जनयुद्धको देनः प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति, प्रधानन्यायाधीश र सभामखजस्तो गरिमामय पदमा महिला पुग्नुमा जनयुद्धको देन भएको दाबी गरेका छन्। बिहीबार माओवादी केन्द्र निकट महिलाको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। ‘अहिले देशको सर्वोच्च संवैधानिक निकायमा महिलाहरुको बलियो उपस्थिति छ,’ उनले भने,‘ राष्ट्रपति, प्रधानन्यायाधीश र सभामूख तीनै जना महिला हुनुहुन्छ। नेपालमा जनयुद्ध हुदैनथ्यो भने यो सम्भव थिएन। यो नेपाली जनयुद्धको देन हो।’

प्रधानमन्त्रीले सरकार चैतमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा रहेको भन्दै स्थानीय तहबाटै नेतृत्व विकासमा लाग्न महिलाहरुलाई आग्रह गरे। ‘सरकार चैतमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा लागिसकेको छ,’ प्रधानमन्त्रीले भने,‘नीति निर्माणको तहमा महिलाको बलियो उपस्थितिका लागि स्थानीय तहबाटै नेतृत्व विकासमा लाग्न आग्रह गर्छु।’

प्रधानमन्त्रीले महिला विभाजित हुँदा परिवर्तनको आन्दोलन र एजेण्डा कमजोर हुन पुगेको भन्दै एकताले त्यसमा उर्जा प्रदान गर्ने बताए। प्रधानमन्त्रीले नयाँ सरकार गरीबको पक्षमा रहेकोमा जोड दिँदै दलित र कर्णालीका बच्चाको जन्मदर्तामा प्रोत्साहन भत्ता, गरीबका लागि सरकार कार्यक्रमले सरकार उत्पीडित, उपेक्षितहरुको पक्षमा छ भन्ने कुरा प्रमाणित भएको जिकिर गरे।

 

प्रकाशित: ९ भाद्र २०७३ १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App