coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश: राष्ट्रियसभा उपनिर्वाचनमा ३ जनाको उम्मेदवारी

तस्बिर: राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेवारी गर्दा गर्दै उम्मेदवारहरु।

लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता भएको छ। रुपन्देहीका राष्ट्रियसभा सदस्य एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नका लागि राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका थिए। उनको राजीनामा पछि रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो। निर्वाचन आगामी २५ गते हुने कार्यतालिका रहेको छ। उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनबाट एमालेका कुमार दसौँदीले उम्मेदवारी दर्ता गरेका छन्।

यसैगरि नेपाली कांग्रेसले पनि राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दिएको छ। कांग्रेसका माधव प्रसाद आचार्यले उम्मेदवारी दर्ता गरेका छन्। यसैगरि नागरिक उन्मुक्ती पार्टीले पनि उपनिर्वाचनका लागि उम्मेदवारी दिएको छ।  यो पार्टीले राजेन्द्रबिर रायलाई उम्मेदवार बनाएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा गठबन्धनलाई समर्थन गरेको नागरिक उन्मुक्ती पार्टी पछिल्लो समय गठबन्धन बिरुद्ध उभिदै गएको छ। यसअघि यो पार्टीले प्रदेशको उपसभामुखमा पनि गठबन्धनका उम्मेदवार बिरुद्ध उम्मेदवारी दिएको थियो। भलै पछि भने उम्मेदवारी फिर्ता लिएको थियो। यो पार्टीले गठबन्धन बिरुद्ध उम्मेदवार खडा गर्दै जानुलाई गठबन्धन प्रतिको उसको असन्तुष्टिका रुपमा हेरिएको छ।  

२५ माघमा हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा नागरिक उन्मुक्ती पार्टीका राय सहित तीनजनाको उम्मेदवारी दर्ता भएको भएपनि मुख्य प्रतिष्पर्धा कांग्रेसका आचार्य र एमालेका दसौँदी बिच नै हुने छ। यी दुबै रोल्पाका हुन्। कांग्रेसले आफ्ना उम्मेदवारको विजयका लागि गृहकार्य गरिरहेको जनाएको छ। प्रदेशका केही साना दलहरुलाई साथमा लिएर जान प्रयासरत कांग्रेसले साना दलहरुको सहयोगमा आफ्नो बिजय हुन सक्ने आँकलन गरिरहेको छ। ‘केहि मधेशवादी दल र अन्य साना दलहरुलाई साथमा लिएर अघि बढ्ने प्रयास स्वरुप हामीहरुले प्रयास गरिरहेका छौँ,’ कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने ‘यसो हुन सकेको खण्डमा हामीहरुलाई सहज हुन्छ।’ यता प्रदेशमा बलियो पकड देखिएको वर्तमान सत्ता गठबन्धनका एमाले र माओवादीले आफ्नो पक्षमा नतिजा आउने दाबी गर्छन्। ‘हाम्रो पक्षमा सहजै नतिजा आउने देखिन्छ,’ माओवादीका प्रदेशसभा सदस्य ईन्द्रजीत चौधरीले भने।

देशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने यो निर्वाचनमा प्रदेशका ८७ प्रदेशसभा सदस्य र १ सय ९ स्थानीय तहका २ सय १८ जना प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन्। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्यको मतभार ४० र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुन्छ।  

प्रकाशित: ११ माघ २०७९ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App