coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'वर्तमान सरकार समयमै निर्वाचन नगराउने षड्यन्त्रमा '

काठमाडौं–नेकपा एमालेका सचिव भीम आचार्यले वर्तमान सरकार समयमै निर्वाचन नगराउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्। बुधबार रिपोर्टस क्लबले आयोजना गरेको सााक्षात्कार कार्यक्रममा सचिव आचार्यले भने, ‘पुरानै व्यवस्था अनुसार चुनाव हुनुपर्छ भन्ने कुरा संविधानसम्वद्ध छैन, यो चुनाव नगराउने र नहुने षड्यन्त्र मात्रै हो, संविधान कार्यान्वयन गर्नको लागि पनि समयमै चुनाव गर्नुपर्छ, हाम्रो पार्टी यसमा पूर्ण सचेत छ ।’

नेता आचार्यले दलहरुले आयोगलाई सुुझाव दिन सक्ने बताउँदै भने,‘आयोगले सरकारले दिएको टिओआर र संविधानले निर्दिष्ट गरेको व्यवस्था अनुसार काम गर्ने हो, दलहरुले संख्या बढाउनुपर्छ भनेर आयोगलाई हस्तक्षेप गर्न खोज्नु, चुनाव हुन नदिने षड्यन्त्र मात्र हो ।’

उनले आफ्नो पार्टीले एक वर्ष पहिले नै पुरानै व्यवस्था अनुसार निर्वाचन गराउँ भन्दा काँग्रेसले नै नयाँ संविधान अनुसार चुनाव गराउनुपर्ने अडान लिएको उल्लेख गर्दै भने,‘अहिले आएर फेरि पूरानै व्यवस्था अनुसार चुनाव गराउनुपर्छ भन्नु निर्वाचन नगर्ने षड्यन्त्र गर्नु हो ।’
 उनले अघि थपे,‘अहिले जिल्लाबाट पाइरहेको सेवा सुविधा स्थानीय तहबाट पाउनेगरि संविधानले स्थानीय सरकारको व्यवस्था गरेको छ, सोही बमोजिम स्थानीय तह निर्माण गनुपर्छ ।’

उनले समयमै निर्वाचन नगरेर मुलुकलाई राजनीतिक र संवैधानिक भ्याकुममा धकेल्न खोजिएको आरोप लगाए । उनले अघि थपे,‘चुनाव नगर्नै षडयन्त्र गरेर फेरि मुलुकलाई खिलराज रेग्मीको जस्तै अवस्थामा पुर्याउन खोजिएको छ, यो हामीलाई मान्य छैन् ।’

 

प्रकाशित: ८ भाद्र २०७३ ०९:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App