coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गृहमन्त्री लामिछानेले भेटे आत्मदाह गर्ने आचार्यका परिवारलाई

तस्बिर: गृहमन्त्रीको सचिवालय

 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद भवन अगाडी आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका परिवारजनलाई भेटेका छन्।

हिजो मंगलबार संसद भवन नयाँ बानेश्वरअघि आफूलाइ आगो लगाएर आत्मदाह गरेका आचार्यको उपचारका क्रममा आज बुधबार बिहान बर्न अस्पताल कीर्तिपुरमा निधन भएको थियो।

यसअघि गृहमन्त्री लामिछानेले आफ्नो फेसबुक मारफ्त  स्ट्याटस लेख्दै उनले आत्मदाहको निर्णय निराशा र पीडाको परिणाम भएको बताएका थिए।

इलाम घर भएका आचार्यले शरीरमा पेट्रोल हालेर आत्मदाहको प्रयास गरेका थिए।अस्पतालका चिकित्सक डा. किरण नकर्मीका अनुसार आचार्यको शरीरको ८० प्रतिशत भाग जलेको थियो। जलेर गम्भीर घाइते भएका उनलाई प्रहरीले घटनास्थलबाट तत्कालै उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो। 

प्रकाशित: ११ माघ २०७९ ०९:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App