१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपप्रधानमन्त्री निधिद्वारा बिजेपी अध्यक्ष तथा भारतीय पूर्व प्रधानमन्त्रीसँग भेटघाट

उपप्रधानमन्त्री निधि भारतका पूर्वप्रधानमन्त्री मनमाेहन सिंहसँग शिष्टाचार भेट गर्दै, साथमा नेपाली दूतावासका अधिकारी। तस्विर: दिल्लीस्थित नेपाली दूतावास

काठमाडौं—सरकारको विशेष दूतको रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सोमबार पूर्व भारतका पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय कांग्रेसका नेता मनमोहन सिंह तथा सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह तथा महासचिव राम माधवसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतको रुपमा भारत भ्रमणमा रहेका उपप्रधामन्त्री निधिले आफ्नो भेटघाट भारतसँग चिसिएको सम्बन्ध सुधार गर्न केन्द्रित गर्दै सरकार तथा मुख्य विपक्षी दलका प्रमुख नेताहरुसँग छलफल गरेका हुन्।

भारतका पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय कांग्रेस नेता सिंहसँगको भेटमा नयाँ दिल्लीस्थित नेपाली दूतावासका अधिकारी समेत सहभागी थिए। भारतका लागि कार्यवाहक नेपाली राजदूत कृष्ण ढकाल तथा सहसचिव भृगु ढुंगाना सहभागी थिए। भेट अवसरमा दुई देशबीच रहेको ऐतिहासिक सम्बन्ध तथा आर्थिक लगानीका सम्भावनाबारे छलफल भएको थियो।

बिजेपी अध्यक्ष शाह तथा महासचिव माधवसँगको भेटमा मन्त्री उनले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतको रुपमा भारत भ्रमणमा रहेका उपप्रधामन्त्री निधिले आफ्नो भेटघाट भारतसँग चिसिएको सम्बन्ध सुधार गर्न केन्द्रित गर्दै सरकार तथा मुख्य विपक्षी दलका प्रमुख नेताहरुसँग छलफल गरेका हुन्।

यसअघि निधिले भारतीय भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए।

उनले भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको एजेन्डाबारे भारतीय पक्षसँग छलफल गरेका थिए।

मंगलबार बिहानको उडानबाट उपप्रधानमन्त्री निधि काठमाडौं फर्किने कार्यक्रम छ।

प्रकाशित: ६ भाद्र २०७३ १६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App