१५ चैत्र २०८० बिहीबार
राजनीति

चैतभित्रै स्थानीय निर्वाचन गर्न प्रधानमन्त्री–प्रमुख निर्वाचन आयुक्तबीच छलफल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी चैतमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक तयारीका विषयमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग सोमबार छलफल गरेका छन्।

निर्वाचन आयोगको कार्यालयमा भएको छलफलमा चैतमा स्थानीय तहको र २०७४ माघ ७ भित्र प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न भइरहेको तयारीका विषयमा प्रधानमन्त्रीले जिज्ञासा राखेको आयोगका प्रमुख आयुक्त यादवले जानकारी दिए।

‘२०७४ माघ ७ भित्र तीनओटै निर्वाचन सम्पन्न गर्न राजनीतिक हतबाट स्थानीय तहको सिमाना र संख्या निर्धारण चाँडै टुंग्याउनु पर्ने छ,’ प्रमुख आयुक्त यादवले भने, ‘आयोगले मतदाता नामावली अद्यावधिक गरिरहेको, सम्बन्धित विषयका कानुनहरु मस्यौदा भइरहेको, आयोगलाई आवश्यक जनशक्ति व्यवस्थापन गर्नुपर्ने अवस्था रहेकोलगायत विषयमा हामीले प्रधानमन्त्री ज्यूलाई जानकारी गराएका छौं।’

चैतमा स्थानीय तहको र अन्य दुई निर्वाचन पनि संविधानले तोकेको समय(२०७४ माघ ७)भित्रै सम्मपन्न गर्न सरकारले पनि आवश्यक तयारी गरिहेको प्रधानमन्त्रीले छलफलमा जानकारी दिएको प्रमुख आयुक्त यादवले बताए।

 

प्रकाशित: ६ भाद्र २०७३ ११:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App