१६ चैत्र २०८० शुक्रबार
राजनीति

पूर्व प्रधानमन्त्री सिंह र उपप्रधानमन्त्री निधिबीच भेटघाट

काठमाडौँ- उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग भेटघाट गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा भारत गएका उपप्रधानमन्त्री निधिले आज पूर्व प्रधानमन्त्री सिंहसँग उहाँकै निवासमा भेटवार्ता गरेका हुन्।

भेटमा उनीहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्थाका साथै दुई मुलुकबीचको सम्बन्ध र आपसी हितका विषयमा समेत छलफल भएको बताइएको छ । आजै उपप्रधानमन्त्री निधिले भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

उपप्रधानमन्त्री निधिले यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहसँग छुट्टाछुृट्टै उच्चस्तरीय भेटवार्ता गरेका थिए। त्यस्तै भारतीय विपक्षी दल कँग्रेस (आई)का उपाध्यक्ष राहुल गान्धीले उपप्रधानमन्त्री निधिलाई उनी बसेको होटलमै आइतबार भेटेका थिए।

भेटवार्ता क्रममा भारतीय उच्च अधिकारीहरुले उपप्रधानमन्त्री निधिलाई नेपाल सरकारले गरेको संविधान संशोधन र मधेस केन्द्रित दलका माग सम्बोधन सम्बन्धमा गरेका कार्यको प्रशंसा गरेकाे  निधिका स्वकीय सचिव विश्वास विक्रमले जानकारी दिए। उपप्रधानमन्त्री निधिको भारत भ्रमणपछि यही भदौ ३० गतेदेखि प्रधानमन्त्री दाहालको भारत भ्रमण तय भएको बुझिएको छ ।

नयाँ सरकार गठनपछि नेपाल सरकारको निर्णयअनुसार उपप्रधानमन्त्री निधि दुई देशबीच उच्चस्तरीय भ्रमणको चाँजोपाँजो मिलाउन यही भदौ २ गते भारत प्रस्थान गरेका थिए। रासस

प्रकाशित: ६ भाद्र २०७३ ०९:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App