coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सियारीमा गाउँसभाबाट ५ वटा विधेयक पारित

रुपन्देहीको सियारी गाउँपालिकाको बाह्रौ गाउँसभाले  विभिन्न ५ वटा विधेयकहरु सर्बसम्मतीले पारित गरेको छ। 

पालिका सञ्चालनका लागि अत्यावश्यक विधेयकहरु सर्बसम्मतीले पारित गर्दै बाह्रौ गाँउ सभा सम्पन्न भएको गाँउ पालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए। गाउँसभामा पेश भएका पालिकाको लागि आवश्यक कानुन निर्माण तथा संसोधन सहितका विधेयक पारित भइलागु भएको उनले जानकारी दिए।

संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक, २०७९, आर्थिक ऐन २०७९ मा संशोधन गर्न बनेको विधेयक, २०७९, सियारी गाउँपालिकाको नगर प्रहरी ऐन २०७६ मा संशोधन गर्न बनेको विधेयक २०७९, सियारी गाउँपालिकाको शिक्षा ऐन २०७४ मा संशोधन गर्न बनेको विधेयक २०७९ र सियारी गाउँपालिका लेखा समिति (कार्य संचालन) कार्यविधि २०७९ पारित भएका छन्।

सभामा बोल्दै अध्यक्ष घिमिरेले पालिकाको बिकासका लागि सम्पुर्ण जनप्रतिनिध र कर्मचारी एकताबद्ध भएर अगाडि बढ्नु पर्ने बताए। बिकास निर्माणका कामलाई जनताले अनुभुति हुने गरी सम्पन्न गर्न लागिएको बताउदै सबैले आ–आफ्नो क्षेत्रबाट आबश्यक सहयोग गर्नु पर्नेमा जोड दिए।

गाउँपालिकाकी उपाध्यक्ष तारा थारुले आफूहरु निर्वाचित भएर आए लगत्तै बर्षायाम लागेको, त्यसपछि निर्वाचन लगाएतका कामले गर्दा काम गर्न ढिलाई भएको बताउदै अबको समय बिकास निर्माण र जनताको सेवाका लागि छुट्टाएको बताइन्। समृद्ध सियारी र खुसी सियारीवासी बनाउने अभियानमा आफूहरु लागिपरेको बताउदै त्यसका लागि सबैको एकता र सहकार्य जरुरी रहेको बताइन्।

सभामा बोल्ने वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले सियारीमा अधिकांश कृषि क्षेत्र भएकाले कृषकको हितलाई ध्यानमा राखेर नीति तथा योजना तर्जुमा गर्नु पर्ने र सिचाई लगाएतका क्षेत्रमा बजेट बढाउदै जानु पर्नेमा जोड दिए।  

सभामा वडा अध्यक्षहरु शेर बहादुर गुरुङ, दिपक बहादुर शाहि, बडा सदस्य तथा कार्यपालिका सदस्यहरु भुम प्रसाद रेग्मी, सेन्तोष शर्मा भुषाल, ओमप्रकास थापा, अनजु रोका, दिपलाल केवट लगाएतले बोल्दैसियारीको विकासकालागि कृषि, शिक्षा, स्वास्थ्य र पुर्वाधार बिकासलाइ प्राथमिकता दिइनु पर्नेमा जोड दिए।

प्रकाशित: ८ माघ २०७९ १०:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App