१६ चैत्र २०८० शुक्रबार
राजनीति

मधेस अान्दाेलनमा मारिएका ५२ जनाका परिवारलाई दश लाख दिने सरकारकाे निर्णय

काठमाडौं–सरकारले मधेस आन्दोलनका क्रममा मृत्यु भएका ५२ जनाका परिवारलाई दश लाख रुपैयाँ दिन निर्णय गरेको छ। बिहीबार बसेका मन्त्रिपरिषद बैठकले मधेस आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई  दश लाख दिने निर्णय गरेको हो।  मधेस आन्दोलनमा दश सुरक्षाकर्मीसहित ५२ जनाको मृत्यु भएको थियो।

मधेसी मोर्चाले मधेस आन्दोलनमा मृत्यु भएका परिवारलाई सहिद घोषणा गर्दै दश लाख रुपैयाँ दिनुपर्ने माग गर्दै आएको थियो। नेपाली कांग्रेस–माओवादी केन्द्र र मधेसी मोर्चाबीच भएको तीन बुँदे सहमतिको दोस्रो बुँदामा मधेस आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्दै क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो।

सरकारले मधेस आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा भने गरेको छैन । यसैगरी सरकारले मधेस आन्दोलनमा भएका घटनाको छानविन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा सात सदस्यीय छानविन आयोग गठन गर्ने निर्णय गरेको छ। आयोगका अन्य सदस्यमा भने प्रधानमन्त्रीको समन्वयमा गृहमन्त्रालयले नियुक्त गर्ने सरकारले निर्णय गरेको छ। योसँगै मधेसी मोर्चाले संविधान संशोधनबाहेकका अधिकांश माग पूरा भएको छ।

यसैगरी सरकारले अफगानीस्तानमा तालिवानको आक्रमणमा परी घाइते भएका नेपालको उपचारमा लागेको ९१ लाख ६ हजार रुपैयाँ सरकारले  व्यहोर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले स्थानीय निकाय निर्वाचन विधेयममा सैद्धान्तिक सहमति जनाएको छ। यसैगरी योजना आयोगका सहसचिव गोपीनाथ मैनालीलाई सचिवमा बढुवा गर्ने सरकारले निर्णय गरेको छ।

 

प्रकाशित: २ भाद्र २०७३ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App