७ वैशाख २०८१ शुक्रबार
राजनीति

मोहन वैद्यको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने : सुकुम्बासी समस्या समाधान गर्न अधिकतम् पहल गर्छु

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहालले सुकुम्बासीहरुका समस्या समाधानमा नयाँ सरकारले अधिकतम् पहल गर्ने बताएका छन्।

मंगलबार नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यको नेतृत्वमा आएका सुकुम्बासी प्रतिनिधिहरुको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्रीले भने, ‘सुकुम्बासी समस्या देशको जटिल समस्या हो। यो आफैमा संवेदनशील विषय हो । संविधानको परिधिले क्रान्तिकारी समाधानको बाटो नखोलेपनि अधिकतम् सुधारका लागि नयाँ सरकारले काम गर्नेछ।’

प्रधानमन्त्रीले वर्षातको समस्यामा बैकल्पिक व्यवस्था बिना सुकुम्बासी हटाउने काम न्यायोचित नहुने भन्दै त्यसका लागि सरकारले निर्देशन दिइसकेको बताए।उनले व्यवस्थित र संस्थागत रुपमा सुकुम्बासीका समस्या समाधानमा सबैको सहयोग रहने विश्वास व्यक्त गरे।

भेटमा प्रतिनिधि मण्डलले बैकल्पिक व्यवस्था बिना सुकुम्बासी बस्ती नहटाउन, बत्ती, पानी, बिजुलीको आपूर्ति सहज बनाउन, वास्तविक र नक्कली सुकुम्बासीको पहिचान गर्न, सुकुम्बासीलाई क्षतिपूर्तिको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो।

 

प्रकाशित: ३२ श्रावण २०७३ १२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App