७ वैशाख २०८१ शुक्रबार
राजनीति

सोमबार सम्म मन्त्रीको कार्यविभाजन भइसक्छ: मुख्यमन्त्री कार्की

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबारसम्ममा मन्त्रीहरूको कार्यविभाजन भइसक्ने बताएका छन्। विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सोमबार सम्म मन्त्रीहरूको कार्यविभाजन भइसक्ने बताएका हुन्।

कार्कीले सरकार गठन भएको १० दिनसम्म मन्त्रीहरूको कार्यविभाजन नहुँदा मन्त्रीहरूको बास होटलमा भयो भनेर आलोचना भइरहे पनि अब, धेरै दिन विनाविभागिय रुपमा मन्त्रीहरूले काम गर्नु नपर्ने उनले स्पष्ट पारे। जग्गा प्राप्तिको प्रक्रिया पुरा भए यसै वर्ष नभए आगामि आर्थिक वर्ष देखि प्रदेश सरकारका स्थायी संरचनाहरू निर्माण हुने मुख्यमन्त्री कार्कीले बताए।

उनले प्रदेशका संरचनाहरू विराटनगर भन्दा बाहिर नराख्ने पनि मन्त्री कार्कीले स्पष्ट पारे। ‘हामीले विराटनगरलाई राजधानी घोषणा गरिसकेका छौं ’ कार्कीले भने ‘प्रदेशका स्थायी संरचना विराटनगर भन्दा बाहिर जाँदैनन्। ’ कार्कीले प्रदेशको पहिचान खुल्ने गरी  प्रदेशको नामाकरण गरिने  पनि बताए। प्रदेश सरकारलाई जनताको सरकारका रुपमा स्थापित गरेरै छाड्ने मन्त्री कार्कीले दाबी गरे। ‘प्रदेश सरकार खारेज हुनेपर्ने धारणाहरू सुनिने गरेको छ ’ कार्कीले भने‘अब, प्रदेश सरकार खारेज हैन जनताको सबै भन्दा नजिकको सरकारका रुपमा प्रदेश सरकारलाई स्थापित गर्छौं।’  

प्रकाशित: ६ माघ २०७९ १२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App