८ वैशाख २०८१ शनिबार
राजनीति

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन्। मुख्यमन्त्री शर्मालाई २५ जना सांसदको समर्थन रह्यो भने विपक्षमा १४ मत पर्यो। ४० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २१ जना सांसदको समर्थन आवश्यक पर्छ।

शर्मालाई माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदले मत दिएका छन्। ४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रबाट १-१ सांसद छन्।

संसदको ठूलो दल नेपाली कांग्रेसले भने विपक्षमा मतदान गर्यो। कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आवश्यक परेका बेला सहयोग गर्ने गरेर विपक्षमा मतदान गरेको बताए। कर्णाली प्रदेशसभामा कांग्रेसका १४ सांसद छन्।

प्रकाशित: ६ माघ २०७९ १०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App