coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पर्दाभित्रबाट प्रतिनिधि छनौट गरिए महाधिवेशन बहिष्कार गर्ने चेतावनी

काठमाडौं–नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनका नेतृत्वका आकांक्षीहरुले कालो पर्दाभित्रबाट प्रतिनिधि छनौट गर्न लागेको भन्दै फर्जी प्रतिनिधि तत्काल खारेज नगरे महाधिवेशन बहिष्कार गर्ने चेतावनी दिएका छन्।

शनिबार  राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै उनीहरुले विधि, विधान, प्रक्रिया र विद्यार्थीहरुको अभिमत विपरित कालो पर्दाभित्र बसेर थप गरिएका कथित प्रतिनिधिहरुको खारेजी र वन्दसत्र नगरी महाधिवेशन प्रक्रिया अगाडि बढाए आफूहरु सहभागी नहुने चेतावनी दिएका हुन्। नेतृत्वको आकांक्षीसमेत रहेका उनीहरुले महाधिवेशन सम्पन्न गर्ने नाममा अनशनको चक्रव्यूह रची विधि, विधान र प्रक्रिया एवम लोकतान्त्रिक मान्यता विपरित भएका उक्त घटना तथा गतिविधिप्रति खेद प्रकट गरेका छन्।

कार्यक्रममा बोल्दै महामन्त्रीका प्रत्यासी मनोज वैद्यले बन्दसत्र नगरी हुलहुज्जत र बलमिच्याँइले महाधिवेशन सम्पन्न गर्न खोज्नु लोकतन्त्रको अवमुल्यन हुने उल्लेख गर्दै भने,‘तमाम नेविसंघका साथीहरुको राय, सल्लाह र सुझाव नलिइकन बलमिच्याँई गरेर महाधिवेशन गर्नु लोकतन्त्रप्रतिको उपहास हो।’

महामन्त्रीका अर्का प्रत्यासी तथा त्रिचन्त्र क्याम्पसका स्ववियु सभापतिसमेत रहेका विनयराम भट्टले थपिएका प्रतिनिधिहरुलाई एउटै प्रदेशमा नराखी सवै क्षेत्रलाई समेट्नेगरि राख्नुपर्ने बताउँदै भने,‘थपिएका प्रतिनिधिहरु काँग्रेस अथवा नेविसंघको क्रियाशिल सदस्य हुनुपर्छ, भएभरका आफ्ना आफन्त र गोजीका मान्छे ल्याउने काम गर्नुहुँदैन् ।’ उनले यही ढंगले अघि बढे आफुहरु निर्वाचन बहिष्कार गर्न बाध्य हुने चेतावनी दिए।
महामन्त्रीका उम्मेद्वार  तथा वाल्मीकी क्याम्पसका स्ववियु सभापति रमेश रिजालले चुण्डले, मुण्डले, खलासी, डा«ईभर र आफन्तलाई फर्जी प्रतिनिधिमा मनोनयन गरेर नेविसंघ कब्जा गर्न खोजिएकोमा आपत्ति प्रकट गर्दै भने,‘संगठनलाई कमजोर र धराशयी बनाउनेगरि विधि र विधान विपरित गरिने कार्य हामीलाई कुनै हालतमा स्विकार्य छैन, हामी यसको सशक्त प्रतिकार गर्छौं।’

सह–महामन्त्रीका प्रत्यासी अनुज चापागाँईले पनि हुलहुज्जत र बलमिच्याँई मार्फत फर्जी प्रतिनिधि भर्ना गरेर संगठन कब्जा गर्न खोजिएको भन्दै उक्त कार्य तत्काल बन्द नगरे आफूहरु चुप लागेर नबस्ने चेतावनी दिए। उनले थपे,‘सके गैरविद्यार्थीलाई प्रतिनिधि छनौट गरेर नेतृत्व कब्जा गर्ने नसके टिका लगाएर आफ्नो मान्छेलाई नेतृत्वमा ल्याउने षड्यन्त्र भैरहेको छ, हामीलाई यो कुनै हालतमा मान्य हुँदैन्।’

प्रदेश नं. ३ बाट उपाध्यक्षका प्रत्यासी राकेश श्रेष्ठले देशभरिबाट आएका सच्चा नेविसंघ नेता तथा कार्यकर्ताको मनोभावमा ठेस लाग्ने गरी गैरप्रजातन्त्रिक ढंगबाट फर्जी प्रतिनिधि चयन गर्न लागिएकोमा आपत्ति जनाउँदै आफूहरु संगठनको साख जोगाउनको लागि त्यसको विरोधमा सशक्त प्रतिकारमा उत्रिने चेतावनी दिए।

उनले थपे, ‘हामी कुन तरिकाबाट अघि बढ्न खोज्दैछौं, यस्तो तरिकाले संगठन नै कमजोर हुन्छ, तमाम नेविसंघ र विद्यार्थी आन्दोलन हाँकेका शिक्षा प्रेमी नेता तथा कार्यकर्ताहरुको भावनामा ठेस लगाउने काम तत्काल बन्द गर्नुपर्छ ।’

सह–महामन्त्रीका प्रत्यासी सुशील तिमल्सिनाले महाधिवेशनको नाममा बन्द सत्र नै नगरी फर्जी प्रतिनिधि मनोनयन गरेर संगठनलाई धराशयी बनाउने काम भैरहेको उल्लेख गर्दै आफूहरु उक्त गैरप्रजातान्त्रिक अभ्यासको भण्डाफोरमा उत्रिने चेतावनी दिए ।

सह–महामन्त्रीका उम्मेद्वार तथा पशुपति क्याम्पसका ईकाई अध्यक्ष रमेश खड्काले पनि विधि र विधान मिच्दै आफ्नो स्वार्थ पूरा गर्न फर्जी प्रतिनिधि छनौट गर्ने काम भए आफहरुलाई मान्य नहुने चेतावनी दिँदै भने,‘आफू कमजोर भएको ठाउँमा फर्जी प्रतिनिधिमार्फत भोट तान्ने षडयन्त्र भैरहेको छ, हामीलाई यो मान्य हुँदैन् ।’

 

प्रकाशित: २९ श्रावण २०७३ ०८:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App