७ वैशाख २०८१ शुक्रबार
राजनीति

समर्थन गर्ने दललाई बेवास्ता गरे सरकार अल्पमतमा पर्छ: अध्यक्ष ढकाल

काठमाडौं– नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले माओबादी र कांग्रेस बिचको माया प्रेमले मात्रै सरकार लामो समय नटिक्ने बताएका छन्। निजि निवास चुनदेबीमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ढकालले सरकारको बारेमा टिप्पणी गर्ने बेला भइनसकेको भए पनि बिहानीले दिनको संकेत गरे जस्तै शुरुमै सबै दललाई सहमतिमा नलिए सरकारले गरी नखाने बताए।

उनले कांग्रेस-माओबादीको बहुमत नभएको, मधेस केन्द्रित दलहरु पर्ख र हेरको रणनीतिमा रही समर्थनका बाबजुत पनि प्रतिपक्षमा बस्ने निर्णय गरेको, फोरम लोकतान्त्रिकलार्इ पनि बेवास्ता गरेको, राप्रपामा विवाद चुलियको र अन्य दलहरुसंग सम्बाद नभएको अबस्थामा प्रधानमन्त्रीले तुरुन्तै  सबैलाई बिश्वाशमा नलिए सरकार अल्पमतमा पर्नसक्ने बताए।

अध्यक्ष ढकालले आफ्नो पार्टी नेपाल परिवार दलले संविधानको कार्यान्वयनको लागि र सहमतीय वातावरण सृजना गर्नका लागि सरकारलाई समर्थन गरेको बताउँदै मधेश केन्द्रित दलको माग सम्बोधन गर्न संविधान संशोधन गर्न पनि नेकपा एमाले लगायतका दलकाे सहयोग बिना सम्भब नभएको बताए।

अध्यक्ष ढकालले संयुक्त सरकार संचालनमा सरकारको नेतृत्व गर्ने नेता र पार्टीले जति ठुलो हृदय बनायो त्यति नै सहमतिको वातावरण बन्ने बताए।

 

 

प्रकाशित: २८ श्रावण २०७३ ०९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App