१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

घिमिरेलाई सभामुख बनाउने ओलीको तयारी

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विश्वासपात्र र सहयोगी देवराज घिमिरेलाई प्रतिनिधिसभाको सभामुख बनाउने तयारी गरेका छन्। पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्य भएका घिमिरे राष्ट्रियसभा सदस्य पनि भइसकेका छन्। हाल स्थायी कमिटी सदस्य घिमिरे पार्टी अध्यक्ष ओलीसँग निरुन्तर निकटमा रहने पुराना नेतामा पर्छन्। प्रदेश १ का इन्चार्जसमेत रहिसकेका घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।  

सभामुखमा पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघु पन्त, विद्या भट्टराई पनि आकांक्षी छन्। एमालेले कसलाई सभामुख बनाउने भन्ने आधिकारिक निर्णय बुधबार बिहानसम्म गर्नेछ। अन्य आकांक्षीलाई मनाएर घिमिरेलाई सभामुख बनाउने तयारी अध्यक्ष ओलीको रहेको स्रोतले बतायो। सभामुख निर्वाचन प्रक्रिया पनि बुधबार सुरु हुँदैछ। एमाले महासचिव शंकर पोखरेलले पनि घिमिरेलाई सभामुख बनाउन चाहेका छन्।  

घिमिरे स्वंयले केही दिनयता आफू निकटलाई सभामुख हुन लागेको र पार्टी अध्यक्ष ओलीले ‘ग्रीन सिग्नल’ दिइसकेको बताउँदै आएका छन्। सत्ता गठबन्धनका दुई ठुला घटक एमाले र माओवादी केन्द्रबीच शक्ति बाँडफाँटका क्रममा राष्ट्रपति र सभामुख एमालेको भागमा परेको स्रोतको दाबी छ। दुवै पार्टीले सभामुखको नेतृत्व आधाआधा कार्यकाल गर्ने सहमति गरेको भनिए  पनि त्यो औपचारिक रूपमा बाहिर आएको छैन।  

राष्ट्रपतिमा भने पूर्वसभामुख सुवास नेम्वाङको दाबी छ। नेम्वाङले पाए राष्ट्रपति हुने नपाए उपाध्यक्ष भएर पार्टीको काम गर्नै बताइरहेका छन्। राष्ट्रपतिबारे एमालेमा छलफल भएको छैन। राष्ट्रपतिका लागि नेम्वाङका अतिरिक्त युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल लगायको नाम चर्चामा छ।

प्रकाशित: ४ माघ २०७९ ००:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App