१९ असार २०७७ शुक्रबार
राजनीति

दुई उपप्रधानमन्त्रीलाई चीन र भारत पठाउने सरकारको निर्णय

काठमाडौं– सरकारले दुई छिमेकीसँगको सम्बन्धलाई सुमधुर बनाउन भन्दै उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिलाई भारत र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल र दुई छिमेकी देशबीचको सम्बन्ध सुमधुर गर्न उपप्रधानमन्त्रीहरुलाई प्रधानमन्त्रीको विशेष दुतको रुपमा भारत र चीन पठाउने निर्णय गरेको हो।

बैठकले प्रधानमन्त्रीको विशेष दूतको रुपमा भारतमा उपप्रधान तथा गृहमन्त्री  निधि र चीनमा उपप्रधान तथा अर्थमन्त्री महरालाई पठाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री महराले जानकारी दिए।

यसैगरी बैठकले महंगी, कालोबजारी, कृतिम अभाव र मिसावट रोक्न गृह मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। बैठकले मिसावट, कालोबजारी र कृतिम अभावबारे भएको कानुनी व्यवस्थामा थप कडाई गर्नका लागि ऐन संशोधनको प्रस्ताव ल्याउन कानुन मन्त्रालयलाई निर्देशन दिएको छ ।

 

प्रकाशित: २७ श्रावण २०७३ ११:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App